नेपाल बैंकर्स संघको अन्तरक्रिया

नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिले जाजरकोटमा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया गरेको छ । संघले सदरमुकाम खलंगामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको हो ।कार्यक्रममा बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजनकुमार पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए […]