सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग, परिवारको सुरक्षा व्यवस्था मिलाउन निर्देशन !

काठमाण्डाै – व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको हो ।यस्तै सर्वोच्चले रिटको टुङ्गो नलागुन्जेल निवेदक तथा उनका परिवारलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयका ...