प्रधानन्यायाधीश राणाको राजीनामा माग

काठमाडौं (अस) । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेको छ । बार एशोसिएशनको सोमवार बसेको बैठकले प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायालय सञ्चालन हुन सक्ने अवस्था नदेखिएको ठहर गर्दै तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ । प्रधानन्यायाधीश राणाले सत्तारूढ गठबन्धनसँग राजनीतिक भागबण्डा खोजेको, न्यायालय सुधारका लागि पहल नगरेको, पेशी तोक्दा न्यायिक मान्यता उल्लघंन गरेको लगायत आरोप लगाउँदै बारले उनले राजीनामा दिनु उपयुक्त हुने धारणा बनाएको हो । प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने निर्णयसमेत बार बैठकले गरेको छ । बारका एक पदाधिकारीका अनुसार थप निर्णय र कदमबारे मंगलवार सल्लाहकार र पूर्व अध्यक्षहरूसँग समेत छलफल गरिनेछ । यसअघि सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश राणाले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेका थिए । उनीहरूले प्रधानन्यायाधीश राणाले तोक्ने इजलाशमा सहभागी नहुने निर्णय समेत गरेका छन् । यता, सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलाश बहिष्कार गरेपछि पेशी तोकिएका मुद्दाहरूको सुनुवाइ प्रभावित भएको छ । प्रधानन्यायाधीश राणाले सोमवार सर्वोच्चका न्यायाधीशहरूका लागि २१६ मुद्दाको सुनुवाइ गर्न पेशी तोकेका थिए । तर न्यायाधीशहरू इजलाशमा नबसी सामूहिक छलफलमा सोमवार जुटे । न्यायाधीशहरू छलफल जाँदा  पेशी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीशले बोलाएको फुल कोर्टको बैठक समेत न्यायाधीशहरूको बहिष्कारले बस्न सकेन ।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो। आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै...

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विराटनगरमा प्रदर्शन

मोरङ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै उच्च बार विराटनगरले प्रदर्शन गरेको छ । बिहीबार उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन्। न्यायपालिकाको विकृति, विसंगती, भ्रष्टाचार विरुद्ध बारले आन्दोलन सुरु गरेको विराटनगर बारले मंसिर ५ गतेदेखि १० गतेसम्म बेन्च बहिस्कार गरेको छ । […]

कानुन व्यवसायीहरुद्वारा गृहमन्त्री खाँणको राजीनामा माग

आन्दोलनरत कानुन व्यवसायीहरुले आइबारको विरोध प्रदर्शनका क्रममा गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका आन्दोलनरत कानुन व्यवसायीहरुले गृहमन्त्री खाँणसमेतको राजीनामा माग गरेका हुन्।   आफूहरुले गर्दै...

सर्वोच्च अदालतभित्र शंख फुकेर प्रधानन्यायाधीशको राजीनामा माग

कानुन व्यवसायीहरूले शंख फुकेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन्। सोमबार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशको प्रवेश रोक्न मूलगेटमा धर्ना बसेका कानुन व्यवसायीहरूले शंख फुकेर जबराको राजीनामा माग गरेका हुन्।...

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्। नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा प्रदर्शन गरेका हुन्। बारले आजसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा गरेको थियोे। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक […]

‘प्रधानन्याधीशको राजीनामा माग गर्नु गैरसंवैधानिक’

काठमाडौँ – कन्स्टिच्यूसनल फोरम अफ नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्नु असंवैधानिक भएको दावी गरेको छ। फोरमले प्रधानन्यायाधीश राणा तथा अन्य १९ जना न्यायाधीशरुहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्नु स्वतन्त्र न्यापालिकाको मर्म तथा न्यायपालिकामाथिको जनआस्था धुमिल हुने गरी संवैधानिक व्यवस्थाविपरीत रहेको दावी गरेको हो। फोरमका अध्यक्ष अधिवक्ता अर्जुनकुमार अर्याल नेतृत्वका कानुन व्यवसायीहरुको समूहले […]

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने नेपाल बारको निर्णय

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने निर्णय गरेको छ । मंगलबार बारको बैठकले जबराको राजीनामा माग गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । साथै बारले आन्दोलनको कार्यक्रम पनि तय गरेको छ । आजै बसेको बारको सल्लाहकार समितिका सदस्यहरुले पनि जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका थिए । समितिका सबैजसो सदस्यले प्रधानन्यायाधीश  जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन चर्काउन सुझाव दिएका थिए । मंगलवारको बैठकमा बोलेका ३७ मध्ये ३६ जना सदस्यले प्रधानन्यायाधीश जबराले राजीना...

संवैधानिक कानुन व्यवसायी मञ्चद्वारा प्रधानन्यायाधीशको राजीनामा माग

संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको छ। मंचले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो। पछिल्लो समय न्यापालिका गम्भीर विवादको घेरामा परेको उल्लेख गर्दै...