कहिले पुग्छ सबैलाई भ्याक्सिन?

काठमाडौं। कोरोना नियन्त्रणको एकमात्र उपाय भ्याक्सिन हो। तर, भ्याक्सिन कहिले सबैतिर पुग्छ, भन्न सकिँदैन।केही धनी मुलुकबाहेक अन्यत्र भ्याक्सिनको उपलब्धता न्यून छ। भारतमा बिनातयारी मे १ देखि १८ वर्षमाथिका नागरिकलाई भ्याक्सिन लगाइने बताइयो। भ्याक्सिन अभावले अभियान असफलप्रायः भयो। नेपाल, पाकिस्तान, बंगलादेशलगायतका देशले तत्काल पर्याप्त भ्याक्सिन पाउने अवस्था छैन।त्यसकारण मास्क, सामाजिक दूरी तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुको विकल्प नरहेको चिकित्सकहरु बताउँछन्।