काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको काम आज सम्पन्न हुने भएको छ। प्रत्यक्षतर्फ केही जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी रहेकाले आज सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले आज प्रदेश १ को प्रत्यक्षतर्फको मतपत्र पठाउँदैछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ४ प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको मतपत्र ढुवानी सम्पन्न भइसकेको छ। हिजो मनाङ र मुस्ताङ जिल्लाको मतपत्र हेलिकोप्टरबाट ढुवानी भएसँगै ४ वटा प्रदेशमा मतपत्र ढु