काठमाडौँ: प्रहरीले पिरामिड आकारको अनलाइन ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले ३२ वर्षीय वंगलादेशी नागरिक राहत हसन र भारतीय नागरिक तरमेस शर्मालाई पक्राउ गरेको हो। उनीहरूले पाँच महिनादेखि नेपालमा आइ अनलाइन व्यापारको नाममा ठगी गर्ने गरेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले