सर्वोच्चको पूर्ण बैठक सकियो, १५ मंसिरबाट गोलाप्रथाबाट पेसी

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो ।बिहीबार अपरान्ह बसेको फुलकोर्ट बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने छ ।सर्वोच्च अदालतका सबै न्यायाधी

सम्बन्धित सामग्री

नियमावली बनाउँदा न्यायाधीश नै चिप्लिएपछि...

करिब चार साता आन्दोलन गरेर गत बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरूले आफ्नै सक्रियतामा सर्वोच्चको पूर्ण बैठक राखे । न्यायपालिका शुद्धीकरणका लागि भन्दै कानुन व्यवसायीसँगै इजलास बहिष्कार गरेर आन्दोलनमा होमिएका सर्वोच्चका न्यायाधीशहरू गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्ने भन्दै सहमतिमा पनि पुगे ।एक साता अघि बुधबार सर्वोच्च अदालतका २० मध्ये १८ न्यायाधीश (प्रधानन्यायाधीश बिनाको फुलकोर्ट र एक न्यायाधीश अमेरिकामा) बसेर सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै निर्देशिका समेत पास गरे । सर्वोच्च अदालत नियमावली

सर्वोच्चको पूर्ण बैठक मंगलबार राख्ने तयारी

गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी भएको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो । सर्वोच्च अदालत स्रोतका अनुसार गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेसम्बन्धी नियमावली र निर्देशिका राजपत्रमा प्रकाशन भएपछि पेसी व्यवस्थापन निर्देशन समिति बनाउन फुलकोर्ट बस्न लागेको हो ।  पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा पेसी व्यवस्थापन निर्देशन समितिमा प्रध