युरोकै सफल टोली स्पेनलाई स्वीडेनले चुनौती देला ?

युरो कप अन्तर्गत समूह ई मा रहेको स्पेनले आज सुरुवाती खेलमा स्वीडेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मध्यराति १२ बजे ४५ मिनेट जाँदा सुरु हुनेछ । युरो इतिहासकै सफल टोलीमध्ये स्पेन एक हो । स्पेन र जर्मनीले मात्रै यस प्रतियोगिता तीनपटक जितेको इतिहास छ । त्यस्तै, लगातार दुईवटक युरो जित्ने स्पेन पहिलो टोली हो । उसले २०१२ म...

सम्बन्धित सामग्री

आर्मीलाई हराउँदै पुलिस तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । शनिबार अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भएको हो । एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो । पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन […] The post आर्मीलाई हराउँदै पुलिस तेस्रो first appeared on हाम्रो खेलकुद.

आर्मीलाई हराउँदै पुलिस तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । शनिबार अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भएको हो । एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो । पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन […] The post आर्मीलाई हराउँदै पुलिस तेस्रो first appeared on हाम्रो खेलकुद.

उरुग्वेले घरेलु मैदानमा उपाधि कब्जा गरेको पहिलो विश्वकप

इलाम : जुलाई १३ अर्थात् विश्वकप फुटबलको जन्म भएको दिन। सन् १९३० आयोजक टोली उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा ४–२ ले पराजित गर्दै पहिलो विश्व विजेताको उपाधि हात पार्न सफल रह्यो।  पहिलो विश्वकप आयोजना गर्न पाँच राष्ट्रले निवेदन दिएका थिए। इटाली, स्वीडेन, नेदरल्याण्ड्स र स्पेनले प्रथम विश्व कप आयोजना गर्न फिफासँग माग गरेका थिए।उरुग्वेको स्वतन्त्रताको १०० सय वर्षलाई मध्यनजर गर्दै फिफाले उसलाई यो अवसर दिएको थियो। त्यो विश्वकपमा १३ राष्ट्रको सहभागिता थियो। सहभागी टोलीलाई सामेल गर्न फिफालाई च

फुटबलमा वर्ष २०७८ : साफमा ऐतिहासिक सफलतादेखि एनएसएलको विवादसम्म

नेपाली फुटबलका लागि वर्ष २०७८ खुसीमय वर्ष भयो । २०७८ सालमा नेपाली फुटबलले ठूलो उपलब्धि हात पार्न सफल भयो । नेपाली टोली यसअघि सफल च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सकेको थिएन । नेपाली फुटबलका लागि साफ च्याम्पिनयसिप फुटबलको उपाधि जित्ने मुख्य चुनौती बनिरहेको समयमा अहिले फुटबल टोली उपाधि दाबेदारको रूपमा प्रस्तुत भयो । फाइनलमा पुगेर इतिहास बनाएको नेपाली टोली उपाधि जित्नबाट भने वञ्चित भयो । फाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पियो । नेपाली टोलीलाई ऐतिहासिक सफलतामा पुगाउने श्रेय पा

चोओयु आरोहणको चुनौतीमा लुकेको सम्भावना

उत्तरी छिमेकी चीनको तिब्बत र नेपालको सीमानामै रहेको विश्वको छैटौं अग्लो हिमाल चोओयु आरोहणको लागि नेपालतर्फबाट आरोहण मार्ग खोल्ने नेपाली आरोहीहरूको सपना यस पटकलाई असफलतामा टुङ्गिएको छ । दुई भिन्न टोलीमा रहेका डेढ दर्जन प्रख्यात आरोहीहरूको ८ हजार १८८ मिटरमा रहेको शिखर चुम्ने अथक प्रयास अनपेक्षित र निरन्तरको हावाहुरीले गर्दा त्याग्नु परेको छ ।  पहिलो प्रयासमा ७ हजार ६०० मिटर र लगत्तैको दोस्र्रो प्रयासमा ७ हजार ९०० मिटरसम्म उक्लेका उनीहरूले आफ्नो प्रयासलाई निकट भविष्यमै आरोहण सिजनमा पुन: निरन्तरता दिने बताएका छन् । चोओयु हिमालमा नेपालतर्फबाट सुरक्षित आरोहण मार्ग खोल्न सकिएमा तिब्बततर्फबाट मात्र आरोहण गर्ने प्रचलन अन्त्य भई नेपालबाट पनि आरोहणको शुरूवात हुनेछ ।  यसबाट साहसिक पर्यटन व्यवसायीहरू, पर्वतारोहणका पारखीहरू तथा आरोही गाइडहरूलाई नयाँ अवसर सिर्जना हुनेछ । विश्वको सर्वोच्च शिखर सगरमाथाको पश्चिमतर्फ करीब २६ किलोमिटरको दूरीमा सोलुखुम्बुको गोक्यो उपत्यकाको शिरमा रहेको चोओयु हिमशिखर संसारका १४ वटा ८ हजार मिटर माथिका हिमालमध्ये सगरमाथा पछि आरोहीहरूले सबैभन्दा बढी रुचाएको हिमाल हो ।  हालसम्म तीन हजारभन्दा बढीले सफल आरोहण गरेको भएता पनि ती सबै आरोहण गतिविधि चीनको तिब्बत तर्फबाट भएका हुन् ।   दुई देशको सिमानामा पर्ने हुँदा चोओयुमा  आरोहण अभियान सञ्चालनको लागि नेपालको पनि उत्तिकै हक लाग्छ । तर, पनि तिब्बततर्फ (उत्तरी मोहोडा) को भन्दा नेपाल तर्फको आरोहण मार्ग कठिन रहेको आरोहीहरूको भनाइ छ ।  यसपटकको आरोहणमा संलग्न आरोही गाइड गेसमान तामाङका अनुसार अन्तिम तेस्रो शिविर समेत तयार गरी त्यहाँबाट शिखरतर्फ जाँदा लामो धार (रिज) पार गर्न अनुमान गरिएको भन्दा लामो समय लाग्ने र त्यति उच्च स्थानमा घण्टौं टेक्निकल आरोहण गर्दा आरोहीको ज्यानमा खतरा हुन सक्ने तथ्य पत्ता लाग्नुले पनि पहिलेदेखि गरिँदै आएको अनुमानलाई सही देखाएको छ ।  आरोहण मार्ग कठिन नै भए पनि पर्वतारोहण जस्तो साहसिक पर्यटकीय गतिविधिका पारखीहरूको पर्वतारोहण क्षेत्रमा नौलो प्रयोग गर्ने शैली र रहरका कारण पोख्त आरोहीहरूको लागि नेपालतर्फबाट पनि चोओयु आरोहण मार्ग खोलिनु उपयुक्त देखिन्छ । चोओयु हिमाल आरोहणको लागि नेपालतर्फ कठिन मार्ग छ । त्यसमा पनि आरोहणको लागि थप कठिन मानिने हिउँद ऋतुमा आरोहण गर्ने ध्येय लिइएको छ । यस्तो ऐतिहासिक आरोहण अभियानमा  विख्यात आरोही निर्मल पुर्जासहित विश्वको दोस्र्रो हिमाल केटुको ऐतिहासिक प्रथम हिउँदे आरोहण (जनवरी १६, २०२१) का सदस्य गेल्जे शेर्पाको नेतृत्वमा पुर्जाकै प्रोजेक्ट पोसिबल अन्तर्गत १४ उच्च शिखर आरोहण अभियानका गाइडहरू गेसमान तामाङ र लाक्पा देण्डी शेर्पा सहितको १० जनाको पहिलो टोली थियो ।  त्यस्तै अर्का प्रख्यात आरोही मिङमा दोर्ची शेर्पाको नेतृत्वमा ८ जनाको अर्को टोली पनि रहेको थियो ।  उनीहरू आरोहण अभियानको लागि गत जनवरी अन्तिम हप्ता काठमाडौंबाट त्यसतर्फ लागेका थिए ।  पहिलो टोलीले दक्षिण—पूर्वी मोहोडा (गोक्यो उपत्यका) र दोस्रो टोलीले दक्षिण पश्चिमी मोहोडा (नाङपाला भञ्ज्याङतर्फ) बाट आरोहण मार्ग खोल्दै शिखर चुम्ने लक्ष्य लिएका थिए ।   हावाहुरीको चुनौती र उनीहरूको आरोहण अनुमतिको अवधि हिउँद ऋतु (फेब्रुअरी अन्तिम) सम्म मात्र मान्य रहेकाले गत २८ फेब्रुअरीमा आरोहण अभियान त्यागिएको हो । साहसिक पर्यटकीय गतिविधि अन्तर्गतको पर्वतारोहणको लागि नेपाल विश्वमै अग्रणी छ ।  चोओयु जस्तै अन्य ८ हजार मिटरमाथिका हिमाल आरोहणका लागि नेपाल सरकारले आरोहण अनुमति प्रदान गरेबापत उल्लेख्य राजस्व असुल्ने गर्दछ ।  कोभिड महामारीकै बीच गत वर्ष सन् २०२१ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न आउने स्वदेशी तथा विदेशी आरोहीहरूबाट नेपाल सरकारले ७० करोड भन्दा बढी राजस्व संकलन गरेको तथ्याङ्क रहेको छ ।  आठ हजार मिटरमाथिका विश्वका १४ मध्ये नेपालमा पर्ने ८ शिखरहरूमध्ये पनि सगरमाथा र चोओयु दुई देशको सिमानामा पर्ने हुँदा चीनतर्फबाट पनि आरोहण अनुमति जारी हुन्छ ।   चोओयु हिमालमा भने अहिलेसम्म नेपाल तर्फबाट आरोहण मार्ग खुल्न र सफल आरोहण हुन नसकेकाले चीनतर्फबाट मात्र आरोहण हुने गरेको छ । हिमाल आरोहण अनुमतिबाट सरकारलाई राजस्वको रुपमा आम्दानी मात्र प्राप्त हुँदैन । आरोही—गाइड, संलग्न अन्य कामदार, स्थानीय समुदाय र ट्रेकिङ तथा पर्वतारोहण कम्पनीहरूलाई रोजगारी र आर्थिक कारोबारको ठूलो अवसर पनि दिने गर्दछ ।  सगरमाथा आरोहणका लागि प्रतिविदेशी आरोही खर्च कम्तीमा ३५ लाख रहेको छ भने ८ हजार मिटर माथिका अरू हिमालमा आउने आरोहीको खर्च २५ लाखभन्दा बढी हुने गर्दछ ।  आरोहण सञ्चालक एजेन्सीलाई एकमुष्ट बुझाउने उक्त रकम बाहेक व्यक्तिगत रूपमा पनि आरोहीहरूले थप खर्च गर्दछन् ।  आरोहणमा संलग्न गाइड तथा अन्य स्टाफले सगरमाथाको लागि ६० दिन र अन्य ८ हजार मिटरमाथिको हिमालको लागि ४० दिन कम्तीमा रोजगारीको अवसर पाउँछन् । हिमाल आरोहणमा आउने पर्यटक भनेका गुणस्तरीय हुन्छन् अर्थात् उनीहरू खर्चालु हुन्छन् । त्यसैले हिमाल आरोहणका नयाँ नयाँ गन्तव्य खुलाउनु उपयुक्त हुन्छ ।    यस्तो नयाँ गन्तव्य मध्ये चोओयु हिमाल पनि एक हो । यसमा नेपालतर्फबाट सुरक्षित आरोहण मार्ग खोल्न सकिएमा उक्त हिमालमा तिब्बततर्फबाट मात्र आरोहण गर्ने प्रचलन अन्त्य भई नेपालबाट पनि आरोहणको शुरूवात हुनेछ ।  यसबाट सरकारको राजस्वमा वृद्धि हुनुका साथै साहसिक पर्यटन व्यवसायीहरू, पर्वतारोहणका पारखीहरू तथा आरोही गाइडहरूलाई नयाँ अवसर सिर्जना हुन्छ । यसले पर्वतारोहणको इतिहासमा नयाँ आयाम पनि थप्नेछ । यसर्थ चोओयु हिमालमा नेपालतर्फबाट बाटो खोल्ने अभियानमा नेपाली आरोहीहरूबाट देखाइएको तदारुकतालाई सरकारले पनि यथेष्ट सहयोग र चासो दिनु जरुरी देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

नयाँ र पुराना खेलाडीको सम्मिश्रणले ‘च्याम्पियन’ बनेको टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले गत मंगलबार एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन बन्दै उपाधि रक्षा गर्न सफल भयो । यसपटक नेपालको उपाधि रक्षा अभियानमा श्रीलंका र उज्वेकिस्तानले बलियो चुनौती पेश गरेपनि नेपालले बाजी मार्न सफल भयो । यसपटकको च्याम्पियन टोलीमा तीन नयाँ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गर्दा दुई खेलाडीले राष्ट्रिय […]

टोकियो ‌ओलम्पिकमा नेपालका ५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने

साउन ६,  काठमाडौं । जापानको टोकियोमा आयोजना हुने ३२औं गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार ओटा खेलमा पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।             यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ । ३२ औं गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।             एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् । उनले १०० मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्न लागेकी हुन् । छोटो दूरीका धाविका चौधरी युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न लागेकी हुन् । उनी साउन १५ गते मैदानमा उत्रनेछिन् ।             सुटिङमा कल्पना परियारले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन् । उनको खेल यही साउन ९ गते हुनेछ । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि साउन ९ गते साँझ नै हुनेछ ।             जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । उनी पनि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरियताका आधारमा सोनियालाई ओलम्पिकमा सहभागिता जनाउन लागेको हो । १९ वर्षीय सोनियाले ४८ केजीमुुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनको खेल पनि यही साउन ९ गते नै हुनेछ । पहिलो चरण पार गरे अन्य चरणको खेल पनि सोही दिन हुनेछ ।             पौडीमा नेपालबाट एलेक्स शाहले र गौरिका सिंहले सहभागिता जनाउँदैछन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा ९विश्वव्यापी सहभागिता० बाट ओलम्पिक पुगेका हुन् । नेपाली पौडी खेलाडी एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले साउन १२ गते पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पार गर्न सकेमा साउन १३ गते अर्को खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण साउन १४ गते प्रतिस्पर्धा गर्नेछन् ।             त्यस्तै जलपरी गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन् । गौरीकाले यही साउन १३ गते महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।             समग्रमा हेर्ने हो भने नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बनेको छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको छैन ।             नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औं संस्करणको खेलबाट ओलम्पिक यात्रा शुरु गरेको थियो । हालसम्म नेपालका ८५ जना खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् ।             यद्यपि नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका छन् । ओलम्पिकमा नेपालबाट हालसम्म आठ ओटा खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो । त्यसमध्ये ओलम्पिक यात्रा शुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन ।             यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली यही साउन ९ गते जापान प्रस्थान गर्नेछन् । रासस

दुई हेभिवेटको भिडन्त : इटालीको अपराजित यात्रामा बेल्जियमको चुनौती

दुई महारथी टोली इटाली बेल्जियम आज यूरो २०२० को सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दैछन् । दुई टोली मुख्य प्रतियोगिताको नकआउट चरणमा भिड्न लागेको यो पहिलो अवसर हो । थोर्गान हजार्डले उत्कृष्ट गोल गर्दै साबिक विजेता पोर्चुगललाई अन्तिम १६ मा पच्छ्याएर बेल्जियम क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो । तर, उक्त जीत बे...

ओडिआई स्ट्याटस पाएपछि चुनौती थपिएको छ : प्रशिक्षक टमाटा :: Pahilopost.com

काठमाडौं : जिम्बावेमा क्रिकेट वर्ल्डकप क्वालिफायर खेल्दै एसोसिएटमा उत्कृषट तीनमा पर्न सफल हुँदै पहिलो पटक वान डे इन्ट्नेशनल ओडिआई मान्यता पाएको नेपाली क्रिकेट टोली सोमवाल स्वेदेश पर्किएको छ। कप्तान पारस खड्का लगायत खेलाडी प्रशिक्षक जगत टमाटा लगायत अफिसियलहरु सबैले ऐतिहासिक उपलब्धी हात पारेकोमा खुशी व्यक्त गरे र सबैलाई धन्यवाद

नामिबियामा पूरा भयो लक्ष्य, अब चुनौती जिम्वावेमा :: Pahilopost.com

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली लिग जुन लक्ष्यका लागि नामिबिया गएको थियो, त्यसमा सफल भएको छ। आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको शीर्ष चारमा अटाउन नसकेपछि डिभिजन टू मा घटुवा भएको नेपाल डिभिजन टू को शीर्ष दुईमा पर्ने लक्ष्यका साथ नामिबिया पुगेको थियो। नेपालका प्रशिक्षक जगत टमाटा र