चैतमा ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता हुने

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ  । सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर च...