चीनसँगको निर्भरता कम गर्न एप्पलले भारतमा शुरु गर्‍यो आईफोन उत्पादन

चैत ३०, नयाँदिल्ली(भारत) । अमेरिकन बहुराष्ट्रिय कम्पनी एप्पलले भारतमा आईफोनको उत्पादन शुरु गरेको छ । चीनसँगको निर्भरता कम गर्न कम्पनीले भारतमा आईफोन निर्माणको काम थालेको हो । वितरण प्रणाली (सप्लाई चेन) मा चीनसँगको निर्भरता कम गर्न भारतमा  काम शुरु गरिएको कम्पनीले बताएको छ ।   एप्पलको ताइवानी ठेकेदार उत्पादक, फक्सकनको स्थानीय कारखानामा आईफोन १३ निर्माण हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तमिलनाडुको श्रीपेरुम्बुडुरमा कारखाना रहने भनिएको छ । पछिल्लो समय कम्पनीले आईफोन निर्माण गर्ने क्षेत्रहरू चीनबाट अन्यत्र सारिरहेको छ ।भारत विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार पनि हो । कम्पनीले भारतमा चाँडै नै आईप्याड पनि एसेम्बल गर्ने योजना बनाइरहेको छ । एप्पलजस्ता ब्रान्डले आफ्ना उप्पादनहरू निर्माण वा एसेम्बल गर्न चीनको विकल्प खोजिरहेका बेला भारत, मेक्सिको र भियतनामजस्ता देशहरू अमेरिकी ब्रान्डका लागि महत्वपूर्ण कन्ट्रयाक्ट म्यानुफ्याक्चररका रूपमा उदाइरहेका छन् ।सन् २०१७ मा एप्पलले आईफोन एसईमार्फत् भारतमा उत्पादन शुरु गरेको थियो । आईफोन १३ भारतमा उत्पादन हुने एप्पलको चौथो मोडेल भएको समाचार एजेन्सी रोयटर्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ । कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप, आइप्याड र आईफोन युवाहरु माझ निकै चर्चित छन् । एजेन्सीहरु  

सम्बन्धित सामग्री

युक्रेनको ऊर्जा उत्पादन केन्द्रमा रुसको आक्रमण, बिजुली खपत कम गर्न आह्वान

३० असोज, काठमाडौं । युक्रेनको राजधानी किएभ नजिकको एक पावर प्लान्ट (ऊर्जा उत्पादन केन्द्र)मा रुसले मिसाइलबाट आक्रमण गरेको छ । यो आक्रमणपछि युक्रेन सरकारले बिजुलीको खपत कम गर्न आह्वान गरेको छ । युक्रेनमा बिजुली आपूर्ति गर्ने सरकारी संस्था युक्रेनर्जोले स्थानीय समय अनुसार साँझ ५ बजेदेखि राति ११ बजेसम्मको समयमा कम बिजुली प्रयोग गर्न भनेको हो […]

पाकिस्तानमा गहुँको उत्पादन अपेक्षा भन्दा कम, मूल्य आकासियो

काठमाडौं– आर्थिक एवम् राजनीतिक संकटमा परेको पाकिस्तानमा गहुँको मूल्य आकासिएको छ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न आपूर्ति चक्रमको समस्या र पूर्वी युरोपमा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै पाकिस्तानमा गहुँको मूल्य बढेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाहेक पाकिस्तानमा यो वर्ष अपेक्षाभन्दा कम मात्र गहुँ उत्पादन हुने देखिएको जनाइएको छ । एएनआईका अनुसार पाकिस्तानले […]

क्षमताको आधाभन्दा धेरै घट्यो विद्युत् उत्पादन

इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ। हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो।...

धान उत्पादन पाँच वर्षयताकै कम

चालु आर्थिक वर्ष ०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ०७७/७८ को तुलनामा चालु आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो ।

धान उत्पादन विगत ५ वर्षयताकै कम

काठमाडौं, पुस १९ । नेपालमा उत्पादन हुने प्रमुखबाली धानको उत्पादन यसवर्ष ८ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षातले पुर्‍याएको क्षतिका कारण धान उत्पादनमा कमी आएको बताइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै धानको उत्पादनमा कमी आएको जानकारी […]

धान उत्पादन पाँच वर्ष यताकै सबैभन्दा कम, चामलमा झन् परनिर्भर

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षाका कारण यो वर्ष धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ५१ लाख ३० हजार ६०४ मेट्रिकटनमात्र उत्पादन भएको मन्त्रालयको भनाइ छ ।मन्त्रालयका अनुसार गत वर्षको तुलनामा चार लाख ९० हजार ३९६ मेट्रिकटन धान उत्पादन कम भएको हो । सात प्रदेशमध्ये गण्डकी प्रदेशमा मात्र अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । गण्डकी प्रदेशमा २.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ भने अन्य ६ प्रदेशमा

धान उत्पादन कम भएपछि सिन्धुलीका किसानहरु निरास

सिन्धुली । बेमौसमी बर्षाका कारण धान उत्पादन कम भएपछि सिन्धुलीका किसानहरु निरास भएका छन् । कोरोना भाइरसको लकडाउनका कारण राम्रो बिउ, मलखाद र प्राविधिक सरसल्लाह नपाएका किसान बेमौसमी वर्षाले धान थन्क्याउने बेला क्षति पुर्याएपछि निराश बनेका हुन। धानबालीमै निर्भर किसानलाई यस बर्ष धानको उत्पादनले नधान्ने अवस्था आएको उनीहरुले बताएका छन् । सिन्धुली जिल्लामा सावित्री, रामविलास, […]

कोदो खेती : लागत र मेहनत बढी, उत्पादन कम

लमजुङ – पहाडी जिल्ला लमजुङमा कोदो खेतीमा किसानको आकर्षण घट्दो छ । खेताला पाउन गाह्राे, लागत र मेहनतको तुलनामा उत्पादन कम हुने भएकाले लमजुङमा कोदो खेतीमा किसानको आकर्षण बढ्न नसकेको र उत्पादन घट्दो मात्रामा रहेको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी मदन रेग्मीले जानकारी दिनुभयो । पुरानै बिउ तथा परम्परागत ढङ्गले कोदो खेती गर्नाले पनि लमजुङमा कोदोको उत्पादन बढ्न सकेको छैन । लमजुङमा गएकाे वर्ष सात हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा सात हजार पाँच सय १५...

भारतमा उत्पादन घटाउँदै एफएमसीजी कम्पनीहरु

एजेन्सी। कोरोनाको दोस्रो लहरका कारण भारतमा फास्ट मुभिङ कन्जुमर गुड्स(एफएमसीजी)को उत्पादन घटाइएको छ। वितरक तथा ई–कमर्स कम्पनीमा परिचलान समस्या आएका कारण उत्पादन घटाइएको हो। भारतको सबैभन्दा ठूलो बिस्कुट उत्पादक कम्पनी पार्लेलगायत अन्य कम्पनीले आधा उत्पादन घटाएका छन्। कोरोनाको कारण कम समय पसल खुल्ने, कर्मचारीलाई विदा हुने र ग्राहकको माग कम भएका कारण एफएमसीजी उत्पादन घटाइएको हो।

आफ्नो देशमा उत्पादन भइरहेका खोपको प्रभावकारिता कम रहेको चीनको स्वीकार

काठमाण्डाै – चीनले आफ्नो देशमा उत्पादन भएको काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप तुलनात्मक रूपमा कम प्रभावकारी रहेको स्वीकार गरेको छ । चीनको रोग नियन्त्रण केन्द्र (सीडीसी) का प्रमुख ग्वाओ फुले पत्रकार सम्मेलनमा अहिले उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताउनुभएको बीबीसीले जनाएको छ । समाचार एजेन्सी राेयटर्सका अनुसार सीडीसी प्रमुख ग्वाओले भन्नुभएकाे छ ‘कम प्रभावकारी देखिएकाे काेराेना खाेप सुधारका लागी विभिन्न खाेपकाे मात्रा मिलाउनु एक तरिका हाे । विभिन्न प्रविधिबाट बनाइएकाे खाेपकाे उपयाेगमा विच...