इजरायलमा रोजगारी : १ हजार १७५ कामदार छनोट

बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा लिइने इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो ।वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि परीक्षा लिएको थियो । यसमध्ये नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये १ हजार जनाको नाम मंगलवा

सम्बन्धित सामग्री

केयरगिभरमा इजरायल जान करार सम्झौता

सरकारले इजरायलमा सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये २१ जनाको करार सम्झौता भएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलमा केयरगिभरका लागि रोजगारदाताले श्रम सम्झौता गर्न थालेपछि नेपाली युवा जान पाएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पटक पटकको आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवालाई इजरायलमा रोजगारी दिने भएपछि जान थालेका छन् । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको हो ।

इजरायलमा रोजगारी : १ हजार १७५ कामदार छनोट

काठमाडौं । बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा लिइने इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो । वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि परीक्षा लिएको थियो । यसमध्ये नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये १ हजार जनाको नाम मंगलवार गोलाप्रथाबाट छनोट गरिएको हो । इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट १ हजार १७५ जना नेपालीको नाम छनोट गरी आइसकेको बताए । उनले नाम आएका व्यक्तिहरूको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जान तयार हुने बताए । छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल ल जान पाउने अवस्था रहने छैन । मंगलवार भएको भर्चुअल कार्यक्रममा काठमाडौंबाट सहभागी भएका नेपालका लागि इजरायली राजदूत हनान गोडरले १ हजार नेपाली लैजाने काम अघि बढेको र यसबाट दुवै मुलुकका नागरिक लाभान्वित हुने बताए । उनका अनुसार इजरायलले नेपालबाट मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारका रूपमा लैजान १ वर्षअघि प्रक्रिया थालेको थियो । उक्त प्रक्रियामा शुरूमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए । त्यसपछि अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १ हजार ६०० जना छनोट भएका हुन् । तीमध्ये गोलाप्रथाबाट १ हजारलाई छनोट गरिएको हो । यो गोलाप्रथा सबैभन्दा पारदर्शी प्रक्रिया रहेको राजदूत गोडरले बताए । इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले यो कामदार छनोट प्रक्रिया हरेक चरणमा पारदर्शी रहेको बताइन् । ‘दुवै मुलुकका जनताले यसको फाइदा लिन सक्ने छन्,’ उनले भनिन् । परराष्ट्र मन्त्रालयका सहसचिव तथा मध्यएशिया, पश्चिम एशिया र अफ्रिका हेर्ने महाशाखाका प्रमुख हरीशचन्द्र घिमिरेले दुवै मुलुकको सम्बन्धबीच यो निकै महत्त्वपूर्ण खुड्किलो भएको बताए । इजरायल लका लागि नेपाली राजदूत अञ्जान शाक्यले अब इजरायलको कृषिक्षेत्रमा समेत नेपालीहरू लैजाने प्रक्रियालाई अघि बढाउन गृहकार्य गरेकी छन् । उनले इजरायलका कृषिमन्त्री ओडेड फोररसँग भेटवार्ता गर्दै त्यसका लागि पहल गर्न आग्रह गरेकी हुन् । राजदूत शाक्य र इजरायलका कृषिमन्त्री ओडेड फोररबीच यसै साता इजरायली संसद्मा भेटवार्ता भएको थियो । उक्त अवसरमा मन्त्रीका सल्लाहकार, कृषि मन्त्रालयका वरिष्ठ अधिकारी यकोभ पोलेग तथा दूतावासका द्वितीय सचिवसहितको उपस्थिति थियो । उक्त अवसरमा दुई देशबीच यसअघि नै सरकारी स्तरमा छाता श्रम सम्झौता कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भइसकेको उल्लेख गर्दै राजदूत शाक्यले अब कृषिक्षेत्रमा समेत नेपालीहरूलाई लैजान आग्रह गरेकी हुन् । जवाफमा मन्त्री फोररले राजदूत शाक्यलाई विदेशी कामदारको कोटा बढाएरै भए पनि नेपालबाट कृषक ल्याउन चाँडै सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गरेको शाक्यले बताइन् ।

एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

लामो समयको तयारीपछि नेपाली श्रमिकले  इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने ...

एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

लामो समयको तयारीपछि नेपाली श्रमिकले  इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो ।सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिकको आवेदन खुला गरेको छ । सूचनामा ३०० पुरुष र ७०० महिला कामदारले रोजगारीको अवसर पाउने र तिनका लागि मासिक तलव ५३०० एनआईएस (रु एक लाख ९३ हजार)  तोकिएको र तलब सातामा ४२ घण्टाको हिसाबमा प

इजरायल रोजगारी खुलाउने तयारी हुँदै : मन्त्री यादव

काठमाडौं- पछिल्लाे समय खाडी मुलुकमा मात्र नेपाली कामदारहरु गइरहेकाे अवस्थामा सरकारले भने इजरायलमा राेजगारी खुलाउने तयारी गरिरहेकाे छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले इजरायलमा रोजगारी खुलाउन पहल गर्ने बताए। आफ्नो तीन ...