काठमाडौं : मनसुन जारी रहेकाले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जसका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम रहेको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनायो।
आज बिहान सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। जसले गर्दा मेलम्ची नदीमा बाढीको जोखिम रहेको महाशाखाले जनायो।…