दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

पर्वत । मोदी गाउँपालिका–८ चित्रेमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका हुन् । गत वर्षदेखि राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरिएको हो । गत वर्ष अध्यक्ष तिमिल्सिनाकै जन्म गाउँ मोदी–८ राम्जादेउरालीमा सञ्चालन गरिएको थियो । यस वर्ष छिमेकी वडा चित्रेमा आयोजना गरिएको हो […]

सम्बन्धित सामग्री

चौथो राष्ट्रियसभा अध्यक्ष कप खेलकुद मंसिर २० गतेदेखि

पर्वत : जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रियसभा अध्यक्ष कपको चौथो संस्करण यही मंसिर २० गतेदेखि २४ गतेसम्म आयोजना हुने भएको छ।महिला तथा पुरुष भलिबल, रत्यौली गीत प्रतियोगिता, भजन प्रतियोगितासहित जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबिच मैत्रीपूर्ण भलिबल र म्युजिकल चेयर खेल राखिएको ‘चौथो राष्ट्रियसभा अध्यक्ष कप–२०८०’ र ‘खेल अभियान : पालिकाको पहिचान’ नारासहित आयोजना गरिएको हो।प्रतियोगितामा पुरुष भलिबलतर्फ गाउँपालिकाको वडास्तरीय प्रतिस्पर्धा राखिएको छ। जस

वाङ छुङछेङ र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौँ : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन्।सचिव छुङछेङले बिहीवार सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेट गरेका हुन्। भेटमा उनीसहित भ्रमण दलका सदस्यहरू र नेपालका लागि चिनियाँ राजदूत छन सोङसमेत थिए।भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले सचिव छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका&nb

योजना आयोगमाथि खनिए राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति असन्तुष्टी जनाएका छन्। काठमाडौंमा मंगलवार आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तिका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाएका हुन्।उनले राष्ट्रिय योजना आयोगले राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेको आरोप लगाए। उनले योजनाबद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर

रुससँगको सहयोग अघि नबढाएकोमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आपत्ति

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रुससँगको सहयोग आदान प्रदान गर्ने विषयमा सरकारले तदारुकता नदेखाएको भन्दै आपत्ति जनाएका छन्। गत वैशाख ६ देखि एक साता लामो रुसको औपचारिक भ्रमण गरेका तिमिल्सिनाले रुसी पक्षसँग नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्ने विषयमा छलफल गरेका थिए। छलफलका आधारमा रुसले औपचारिक पत्र नेपाल सरकारलाई पठाएको छ। वैशाख २१ गते रुसी […]

लि चान्शु र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुबिच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबिच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण…

चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष केबलकारमा अड्किए

राजधानीको चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केबलकारमा अड्किन पुगेका छन् । पारिवारसहित चन्द्रागिरिमा घुमघाम तथा आरामका लागि पुगेका उनी करिब एक घण्टा केबलकारमा अड्किन पुगेका हुन् । बुधबार मध्याह्न तिमल्सिना चन्द्रागिरिको रिसोर्टमा बस्नेगरी पुगेका थिए । एकाएक चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार गन्तव्यमा नपुगी बीचमै रोकिन पुग्दा चन्द्रागिरि डाँडातिर लागेका तिमल्सिनासहितका कयौँ यात्रु अड्किन पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतको सुपरम्यान जीपलाइनमा सरर....

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको जिपलाइन सयर गरेका छन् ।  कार्यक्रमको सिलसिलामा गृह जिल्ला पर्वत पुगेका उनले कुस्मा बजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीप लाइनमा सयर गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले सुपर म्यान जीप लाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । जिपलाइन सयर गरेपछि उनले प्रतिकृया दिँदै एकदमै रमाइलो र साहसिक अनुभव भएको बताएका छन् । शयरपछि उनले भने–‘अहिले रमाइलो गर्ने साहसिक खेलमा सहभागी हुनेक

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौँः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोभिड संक्रमण पुष्टि भएको छ। अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले संक्रमण पुष्टि भएको बताए। तिमिल्सिना सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन्।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।  यसअघि सभाका उपाध्यक्ष शशीकला दाहाललाई पनि कोरोना संक्रमण भएको थियो।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे प्रधानमन्त्रीलाई रुलिङ

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा भइरहेको अवरोध हटाउन प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । उनले संसदको रोष्टमबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई रुलिङ गर्दै बैठकलाई सहज रुपमा अघि बढाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । बिहीबार एमालेको विरोधका बीच राष्ट्रियसभाको बैठक सञ्चालन गरेका उनले संवाद र सहमतिबाट संसदमा भइरहेको अवरोध हटाउन प्रतिपक्षी दललाई पनि आग्रह गरेका हुन् । राष्ट्रियसभाको बैठकमा एमाले सांसदहरुले आफ्नो स्थानबाट उभिएर विरोध प्रकट गरेका थिए । राष्ट्र