नासाद्वारा विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द

अमेरिकन अन्तरिक्ष एजेन्सी (नासा)ले विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द गरेको छ ।  चार आर एस–२५ इन्जिनहरूमध्ये एउटामा तापक्रम समस्याका कारण देखाउँदै नासाले सोमबार आफ्नो  विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको हो ।नासाले आर्टेमिस १ मिसनको प्रक्षेपणका लागि वैकल्पिक मिति  सेप्टेम्बर २ र  ५  तोकेको छ। मङ्गल ग्रहसम्म पुग्ने महत्वाकाङ्क्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न लागिएको बताइएको छ।   

सम्बन्धित सामग्री

एलन मस्कलाई उछिनेर चीनले बनायो मिथेनबाट चल्ने रकेट

एक निजी चिनियाँ अन्तरिक्ष कम्पनीले तरल अक्सिजन र मिथेनबाट चल्ने विशाल रकेट प्रक्षेपण गर्ने दौडमा एलन मस्कको ‘स्पेसएक्स’लाई समेत उछिनेको छ । ल्यान्ड स्पेस टेक्नोलोजी कर्पोरेस नामको सो निजी अन्तरिक्ष सेवा...

स्टारशिप रकेट प्रक्षेपण गर्ने एलन मस्कको तयारी

एजेन्सी । स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि बढेमा अर्को महिना पहिलो पटक अन्तरिक्षमा प्रक्षेपण गर्ने बताएका छन् । नासाका अन्तरिक्ष यात्रीलाई चन्द्रमामा उडाउने लक्ष्यका साथ गत वर्षदेखि स्पेसएक्सले आफ्नो नयाँ पुस्ताको ‘डिप स्पेस ट्रान्सपोर्टेशन सिस्टम’ को प्रदर्शन उडान गर्ने योजना बनाइरहेको हाे । मस्कले ट्वीट गर्दै अन्य परीक्षणहरूले सफलता […]

चन्द्रमामा पठाउने भनिएको रकेट प्रक्षेपण स्थगित

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । आर एस–२५ इन्जिनमध्ये एउटामा तापक्रम समस्या देखिएपछि रकेट प्रक्षेपण स्थागित भएको नासाले जनाएको छ । उसले शुक्रबार अर्को प्रक्षेपण गर्न सक्ने जनाइएको छ । आर्टमिस नाम दिइएको यस कार्यक्रमले मानवलाई पुनः चन्द्रमामा पु¥याउने लक्ष्य लिएको छ । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।केनेडी अन्तरिक्ष केन्द्रबाट स्

नासाले रद्द गर्‍यो विशाल चन्द्र रकेट प्रक्षेपण

नासाले चार आर एस-२५ इन्जिनहरू मध्ये एउटामा तापक्रम समस्याको कारण सोमबार आफ्नो  विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको छ।आर्टेमिस १ मिसनको प्रक्षेपणको लागि वैकल्पिक मिति  सेप्टेम्बर २...

नासाले चन्द्रमामा आज पठाउने भनिएको रकेटको प्रक्षेपण रोकियो

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । रकेटको इन्जिनमा समस्या देखिएपछि आजका लागि परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ । यसअघि नेपाली समयअनुसार आज बेलुकी ६ बजेर १८ मिनेटमा रकेट प्रक्षेपण गर्ने तयारी थियो । रकेट प्रक्षेपणको अर्को सम्भावित मिति आउँदो शुक्रवारलाई तोकिएको छ । आर्टमिस नामको यो कार्यक्रमले मानिसलाई पुनः चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको छ । यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत मानिस र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएक...