विषादी हालेका फलफूल र मापदण्ड पालना नगरी जारको पानी बेच्नेलाई कारबाही हुने

काठमाण्डाै – दूषित पिउने पानीका कारण हैजा फैलिन थालेपछि सरकारले जारको पानीमा कडाइ गर्ने भएको छ । मापदण्ड पालना नगरी जारको पानी बिक्री गरेको पाइएमा कारबाही गर्ने  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले आज सूचना निकालेर प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्दा पानी उद्योगीलाई उत्पादनसम्बन्धि निर्देशिका–२०७४ का प्रावधान पूर्ण रुपमा पालना गर्न पनि सचेत गराएको छ । आग्रहको अटेर गरे यस्ता उद्योगीलाई खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । यस्तै, वि...