कोरोनाको नक्कली औषधि बेच्ने गिरोह पक्राउ

नयाँ दिल्ली, जेठ १७ । भारतमा ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे तीन सयजना पक्राउ गरिएको प्रहरीले बताएको छ। ती घटना मानवताविरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ। […]