प्रधानन्यायाधीशले सर्त तोडे आरोप

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव ल्याएपछि बन्दीका मुद्दा हेर्न मन्जुर भएका न्यायाधीशले मंगलबार फेरि इजलास बहिष्कार गरेका छन्। प्रधानन्यायाधीशले सर्त तोडेको आरोप उनीहरूले लगाएका छन्। सम्मानजनक बहिर्गमनको प्रस्ताव स्विकार्दै बन्दीका मात्र मुद्दा हेर्ने सर्त राखेका न्यायाधीश अन्य मुद्दाको पनि पेसी तोकिएको भन्दै इजलास नगएका हुन्। सोमबार बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने भद्र सहमति भएको तर मंगलबार अन्य विषयका मुद्दाको पनि पेसी तोकिएको आरोप उनीहरूले लगाएका छन्। नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित सामग्री

चीनले गरिव देशलाई ऋण दिँदा सम्झौता लुकाएको विश्व बैंकको आरोप

विश्व बैंकले अफ्रिकालाई चीनले दिएको ऋणप्रति चिन्ता व्यक्त गर्दै ऋणका नियम र सर्त थप पारदर्शी बनाउन आग्रह गरेको छ। विश्व बैंकका अध्यक्ष डेभिड मालपासले चीनले अफ्रिकाको विकासशील अर्थतन्त्रका लागि दिइरहेको केही ...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्ने खतरा बढ्यो, अमेरिकाले राख्यो कडा सर्त

काठमाडौं, २ चैत। भिडियो एप टिकटकमाथि अमेकिरामा प्रतिबन्ध लाग्ने खतरा बढेको छ। अमेरिकी सरकारले आफ्नो शेयर मागेको र शेयर नदिए प्रतिबन्ध लगाउने तयारी अमेरिकाले गरेको टिकटकले जनाएको छ। अमेरिकामा टिकटकका १०करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन्।टिकटकले अमेरिकी प्रयोगकर्ताको डेटा चीन सरकारलाई उपलब्ध गराउने आरोप अमेरिकाको छ।सन् २०२०मा अमेरिकामा टिकटिकमाथि प्रतिबन्ध लगाइएको थियो तर पछि अदालतले उत्त प्रतिबन्ध खारेज गरेको थियो।

फेसबुकमाथि गलत तरिकाले डेटा प्रयोग गरेको आरोप, बेलायतमा मुद्दा दर्ता

सोशल मिडिया कम्पनी फेसबुक (मेटा) माथि ४.४ करोडभन्दा बढी यूजर्सको डेटा गलत तरिकाले प्रयोग गरेको आरोप लागेको छ । सो कम्पनीले यूजर्समाथि नाजायज सर्त राखेर उनीहरुको निजी डेटा सेयर गरेर अर्बौ डलर सम्पत्ति कमाएको आरोप लागेको हो । यसलाई लिएर कम्पनीका विरुद्धमा बेलायतमा ३२ करोड डलरको मुद्धा दर्ता गरिएको छ ।बेलायतको फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) का वरिष्ठ सल्लाहकार लिजा लवडाल गोर्मसनले ती पीडितको तर्फबाट मुद्दा दर्ता गरेका हुन् । जसले सन् २०१५ देखि २०१९ को बीचमा फेसबुकको प्रयोग गरेका थिए । लन्डनको

‘प्रधानन्यायाधीशले सर्त तोडे’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव ल्याएपछि बन्दीका मुद्दा हेर्न मन्जुर भएका न्यायाधीशले मंगलबार फेरि इजलास बहिष्कार गरेका छन्। प्रधानन्यायाधीशले सर्त तोडेको आरोप उनीहरूले लगाएका छन्। सम्मानजक बहिर्गमनको प्रस्ताव स्विकार्दै बन्दीका मात्र मुद्दा हेर्ने सर्त राखेका न्यायाधीश अन्य मुद्दाको पनि पेसी तोकिएको भन्दै इजलास नगएका हुन्। सोमबार बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने भद्र सहमति भएको तर मंगलबार अन्य विषयका मुद्दाको पनि पेसी तोकिएको आरोप उनीहरूले लगा

नेपालसँग एकता गर्ने या नगर्ने? ओली पक्षमै विभाजन

काठमाडौँ – केपी शर्मा ओलीको सत्ता बहिर्गमनको एक महिनापछि पनि नेकपा एमालेका दुवै खेमामा एकताको प्रयासलाई त्याग्न नहुने मान्यता जीवित र सक्रिय देखिन्छ। माधव नेपालले ओली बराबरकै हैसियत र अधिकारसहित एकीकृत पार्टीमा दोस्रो अध्यक्षको व्यवस्था गर्ने सर्त ओलीसमक्ष राखिसकेका छन्। ओलीले नेपालजस्तो ‘गद्दार’लाई पार्टीमा ठाउँ नभएको सार्वजनिक रूपमा आरोप लगाए पनि उनीपक्षीय नेताहरूले नेपालसँगको एकताको […]

प्राधिकरणका कार्यकारी निर्देशकले सर्त राख्दै भने– मार्गप्रशस्त गर्न तयार छु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा गर्न तयार रहे पनि अरु ठाउँमा विकल्प दिनुपर्ने बताएका छन् । उनले आरोप मात्रै लगाएर पदबाट हटाइए कानुनी प्रक्रियामा जाने पनि बताए । प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको भए पनि नभनेकाले काम नगरेको जस्तो देखिएको उनको भनाइ थियो ।...

ओलीको प्रस्तावमा नेपाल समूह सशङ्कित, योगेश भट्टराईद्वारा भने स्वागत

काठमाण्डौ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको एकताको प्रस्तावलाई खनाल–नेपाल समूहले राम्रो नियत नभएको प्रतिक्रिया दिएको छ । एकताको आह्वान राम्रो नियतबाट नआएको र यसमा धेरै षड्यन्त्रहरु रहेको खनाल–नेपाल समूहका नेताहरुको आरोप छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्त राखेकाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली २०७५ को जेठ ३ पूर्वको अवस्थामा फर्कन तयार रहेको भनेर विश्वास गरिहाल्न नसकिने नेता युवराज ज्...

खाडी कूटनीतिक संकट : कतारलाई सर्त पूरा गर्न ४८ घण्टे अल्टिमेटम

साउदी अरबसहितका ४ खाडी मुलुकले कतारलाई आफ्ना सर्त पूरा गर्न थप ४८ घण्टाको समय दिएका छन् । आतंककारीलाई सहयोग गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्धविच्छेद गरेको एक सातापछि साउदी अरब, युनाइटेड अरब इमिरेटस्, बहराइन र इजिप्टले कतारमाथि १३ वटा सर्त अघि सारेका थिए ।