स्वास्थ्यचौकीको भवन शिलान्यास

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित स्वास्थ्यचौकीको भवन शिलान्यास गरिएको छ। हाल २८ वर्षअघि निर्माण गरिएको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्यचौकीको भवन सोमबार जग्गादाता एबं ज्येष्ठ नागरिक गोबिन्दप्रसाद भण्डारीले शिलान्यास गरेका हुन्। अगामी १५ महिनाभित्र स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न गर्नेगरी थोदुङ/शिब खिम्ती जेभीले गत फागुन ११ गते ठेक्का सम्झौता गरेको हो।