कोन्करले रेल उपलब्ध नगराएपछि भारतीय बन्दगाहमा थुप्रिए ४ हजार कन्टेनर

वीरगञ्ज । नेपाल–भारत रेलसेवा सम्झौता संशोधनले कन्टेनर ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर)को एकाधिकार त अन्त्य भयो, तर नेपालको वैदेशिक व्यापारले यसको लाभ त पाएन नै हैरानी झन् बढेर गयो । सम्झौता संशोधनपछि भारतकै २ निजी कम्पनी कोन्करको प्रतिस्पर्धामा उत्रिए । कोन्करले प्रतिस्पर्धी कम्पनीलाई दबाबमा राख्न चालेको चालको मार भने नेपाली आयातकर्ताले उठाउनु परेको छ । प्रतिस्पर्धी निजी कम्पनीलाई तह लगाउन स्वात्तै भाडा घटाएको कोन्करले अहिले रेल आपूर्ति पनि त्यसरी नै कटौती गरेपछि ढुवानी अस्तव्यस्त बन्न पुगेको आयातकर्ता बताउँछन् । कोन्करले कहिले भारतको कोलकाता र कहिले विशाखापत्तनम् बन्दरगाहमा आयातकर्तालाई समस्यामा पारेको छ । १ महीनाअघि कोलकाता बन्दरगाहमा रेल र्‍याक आपूर्तिमा झमेला गरेको कोन्करले अहिले विशाखापत्तनम् बन्दरगाहमा नियमित रेल संख्यामा कटौती गरेको हो । तेस्रो मुलुकबाट यो बन्दरगाह हुँदै आउने कतिपय कन्टेनर २ महीनादेखि बन्दरगाहमै रोकिएको आयातकर्ता आशिष लाठले बताए । ‘कोन्करले रेल उपलब्ध नगराएपछि विशाखात्तनम् बन्दरगाहमा २ महीनादेखि यो समस्या आइरहेको छ । यसले समयमा मालसामान ढुवानी गर्न सकिएको छैन,’ वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव लाठले आर्थिक अभियानसित भने । विशाखापत्तनम्मा अहिले नेपालका लागि आएका करीब ४ हजार कन्टेनर रोकिएका छन् । यसअघि कोन्करले यो बन्दरगाहमा महीनामा २० ओटा रेल दिने गरेकोमा अहिले यो संख्या ७/८ मा झारेको बन्दरगाह स्रोतले बताएको छ । आवश्यकताको तुलनामा न्यून रेल उपलब्ध गराएकाले बन्दरगाहमा कन्टेनर थुप्रिएको हो । ‘यसअघि कोन्करको एकाधिकार रहँदा यस्तो समस्या थिएन । प्रतिस्पर्धा बढेपछि झन् समस्या थपियो,’ संघका पूर्वअध्यक्ष प्रदीप केडिया बताउँछन् । रेल संख्या बढी भएको र नेपालका लागि हुने ढुवानीको करीब ९० प्रतिशत अंश लिएको कोन्करले र्‍याक कटौती गरेपछि समस्या देखिएको हो । निजी सेवा प्रदायक हिन्द टर्मिनल र प्रिस्टिन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले ढुवानी थाले पनि ती कम्पनीसँग पर्याप्त रेल छैन । प्रतिस्पर्धाका आएका कम्पनीको यही कमजोरीलाई कोन्करले प्रतिस्पर्धा रोक्ने हतियार बनाएको छ । कोलकाता र विशाखापत्तनम्बाट हुने ढुवानीमा ३० देखि ३५ प्रतिशतसम्म भाडा घटाएको कोन्करले रेल आपूर्ति पनि घटाइदिएको छ । यसको मार नेपालको ढुवानीमा परेको छ । गत असार १५ मा रेलसेवा सम्झौता संशोधन भएपछि भदौ ३० मा पहिलो पटक निजी रेल वीरगञ्ज सुक्खा बन्दरगाहमा आएको थियो । त्यही दिन कोन्करले भाडा कटौतीको सूचना निकालेको थियो । मंसिर १८ गते विशाखापत्तनम्बाट निजी रेल वीरगञ्ज भित्रिएको थियो । स्रोतका अनुसार पुरानो भाडा दरमा वीरगञ्जसम्मको ढुवानीमा कोन्करले प्रतिकन्टेनर १२ हजार भारतीय रुपया (भारू) नाफा कमाउँथ्यो । पछिल्लो भाडादरमा नाफा ५ हजार भारूमा झरेकाले कोन्करले रेल कटौती गरेको हो । कोन्करले बढी नाफा हुने भारतकै अन्य रूटमा रेल संख्या बढाएको छ । एक महीनाअघि कोलकाता बन्दरगाहमा यस्तै समस्या देखिएकोमा कोन्करका अधिकारीहरूसँग समन्वय गरेर रेल र्‍याक आपूर्ति बढाइएको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वराराज पौडेलले बताए । विशाखापत्तम् बन्दरगाह कोलकाता महावाणिज्यदूतावासको क्षेत्राधिकारमा पर्दैन । यो बन्दरगाहमा आइपर्ने समस्यामा नयाँ दिल्लीस्थित नेपाली दूतावासले समन्वय गर्दै आएको छ । डेढ दशकसम्म ढुवानीका एकाधिकार चलाएको कोन्करले अहिले अनेक बखेडा झिक्न थालेको आयातकर्ताको गुनासो छ । बन्दरगाहमा हुने विलम्वमा शुल्कको भार सोझै आयातकर्तालाई नपरे पनि समयमै मालसामान नआउँदाको व्यावसायिक नोक्सानी भइरहेको लाठको भनाइ छ । बन्दरगाहमा यस्तै विलम्ब जारी रहे सिपिङ कम्पनीले त्यसको आर्थिक नोक्सानीसमेत जोडेर आयातकर्तासित असुल्ने आयातकर्ताको दाबी छ । यसले नेपालको आयात व्यापार थप महँगो हुने र त्यसको भार वस्तुको मूल्यमा जाने केडिया बताउँछन् । कोन्करबाट ढुवानी प्रक्रियामा रहेका कन्टेनर अन्य सेवाप्रदायकलाई दिन कोन्करकै ‘नो अब्जेक्शन’ आवश्यक पर्छ । कोन्करले यो स्वीकृतिसमेत दिन नमानेको सिपिङ कम्पनीका प्रतिनिधि बताउँछन् । एकभन्दा बढी सेवाप्रदायक भएकाले कोन्करले र्‍याक उपलब्ध गराउन नसके अन्य कम्पनीबाट ढुवानीका लागि एनओसी दिने व्यवस्था मिलाइनुपर्ने उनीहरूको भनाइ छ । प्रतिस्पर्धाको लाभ सिपिङ कम्पनीलाई ! ढुवानीमा निजी कम्पनीको प्रवेशपछि ढुवानीमा अनेक समस्या सामना गरिरहेको नेपालको आयात व्यापारले घटेको भाडाको लाभ भने लिन पाएको छैन । सीआईएफ वीरगञ्जमा आउने कन्टेनरको सम्पूर्ण ढुवानी खर्च सिपिङ कम्पनीले आयातकर्तासित असुल्छन् । त्यसमा बन्दरगाहदेखि वीरगञ्जसम्मको भाडा पनि समावेश हुन्छ । ढुवानीकर्ताले ३० देखि ३५ प्रतिसम्म रेल भाडा घटाए पनि सिपिङ कम्पनीले आयातकर्तासँग पुरानै दरमा रकम लिइरहेका छन् । ठूलो परिमाणमा कारोबार गर्ने एकाध आयातकर्ताले यो छूट लिए पनि अधिकांश आयातकर्ताले पाएका छैनन् । ढुवानीमा कोन्करको वर्चस्व भएझैं कन्टेनर आपूर्तिमा मक्र्स सिपिङ लाइनको हालीमुहाली छ । कन्टेरमा प्रतिस्पर्धा नभएकाले ढुवानी सेवा प्रदायकले घटाएको भाडाको लाभ सिपिङ कम्पनीको पोल्टामा गइरहेको आयातकर्ता बताउँछन् ।

सम्बन्धित सामग्री

धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरधाम आइपुग्यो

काठमाडौँ- धार्मिक पर्यटक बोकेको भारतीय रेल बिहीबार जनकपुर आइपुगेको छ। १४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव“ भारतीय रेल आज दिउँसो जनकपुरको रेल्वेस्टेशनमा आइपुगेको हो । २१ जुन २०२२ मा भारतको नयाँ दिल्लीमा भारतका रेल मन्त्री तथा पर्यटन मन्त्रीले संयुक्त रूपमा झन्डा देखाएर यात्रा सुरु भएको रेल आज जनकपुरधाम आइपुगेको […]

पाँच सय भारतीय धार्मिक पर्यटक बोकेको रेल जनकपुर आइपुग्यो

पाँच सय भारतीय धार्मिक पर्यटक बोकेको रेल जनकपुर आइपुगेको छ । जनकपुरधाम रेलवे स्टेशनमा नेपाली र भारतीय अधिकारीले भारतीय धार्मिक पर्यटकलाई स्वागत गरेका छन् ।  मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश...

धार्मिक पर्यटक बोकेको भारतीय रेल आइपुग्यो जनकपुरधाम

धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो ।

रामायण यात्राको लागि भारतीय रेल आज जनकपुर आइपुग्ने

रामायण यात्राका लागि ६ सय धार्मिक पर्यटक बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो । पर्यटकको सम्मानमा जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम राखिएको छ। धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा उनीहरुलाई सहभागी गराईने कार्यक्रम रहेको छ।

आज रामायण यात्राका लागि भारतीय रेल जनकपुर आउँदै, मुख्यमन्त्रीले स्वागत गर्ने

काठमाडौँ । रामायण यात्राका लागि भारतीय रेल आज जनकपुर आउँदैछ। नयाँ दिल्लीबाट पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’ दिउँसो जनकपुर स्टेसनमा आइपुग्ने छ। ६ सय धार्मिक पर्यटक लिएर दिउँसो साढे १ बजे भारतीय रेल आइपुग्ने मधेस प्रदेशका उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री शधुधन महतोले जानकारी दिए। उनका अनुसार पर्यटकलाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीलगायत […]

रेल सञ्चालनपछि जनकपुरमा भारतीय पर्यटकको ओइरो

जनकपुर, जेठ २९ । रेल सेवा सञ्चालन भएसँगै जनकपुरधाममा भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि सुनसानजस्तै बनेको धार्मिक पर्यटकीय नगरी जनकपुरधाममा रेल सञ्चालन भएपछि भारतीय पर्यटकको आगमन बढेको हो । यसबाट यस क्षेत्रको व्यापारसमेत बढेको छ । जानकी मन्दिर दर्शनका लागि आउने दर्शनार्थी पवित्र सरोवर गङ्गासागर र अन्य धार्मिक स्थलसम्म […]

रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत

कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ ।बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरोकारवाला निकायलाई पठाएको पत्रमा यस्तो ढिलाइ हुँदै गए आफ्नो कम्पनी सम्झौताबाट बाहिरिने संकेत पनि दिएको हो ।पाँच महिनाअघि मे २१, २०२१ मा रेलवे कम्पनी र भारतीय रेल्वे कम्पनीबीच जयनगर–कुर्थामा रेल सञ्चालनको सम्झौता भएको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

भारतीय रेल ल्याएर जनकपुर-जयनगर रेल्वे ट्रयाकको परीक्षण

३ साउन, जनकपुरधाम । लिक बनाएको दुई वर्षपछि जनकपुर-जयनगर रेल्वे खण्डको ट्रयाकको परीक्षण गरिएको छ । आफ्नो रेल हुँदाहुँदै भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको हो । आइतबार भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको छ । नेपालले गत वर्ष खरीद गरेर ल्याएको रेलले नै ट्रयाक परीक्षण गर्ने बताइएको […]

भारतीय रेल प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्न पाइने

काठमाडौं, असार २६ । नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका रेल सेवाले भारतको कोलकाता र हल्दिया बन्दरगाहसम्मको पहुँच तथा तेस्रो मुलुकसँगको व्यापारमा भारतीय रेल सेवा प्रयोग गर्न पाउने भएको छ। नेपाल र भारतबीच शुक्रबार भएको रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा यो सुविधा थप गरिएको हो। दुवै मुलुकबीच रेल सेवा सम्झौताको संशोधनको लेटर अफ एक्सचेन्ज (आदानप्रदान) […]

नेपालले भारतीय रेल सञ्जाल प्रयोग गर्न पाउने

नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सञ्जाल प्रयोग गर्न पाउने भएको छ । शुक्रबार नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भए सँगै नेपालका लागि भारतीय रेलसेवा प्रयोग गर्ने बाटो खुलेको हो । सम्झौताअनुसार नेपाल र भारतबीच ओसारपसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतीय बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाइनेछ । सम्झौतापत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतीय रेल मन्त्रालय अन्तर्गतको परि