जीवन रूपान्तरणको निमित्त स्वीकारभाव

यो ब्रह्माण्ड नियममा छ, प्रवाहमा छ । पानी जहिले पनि भिरालोतिर बग्छ, गहिरो स्थानमा जम्मा हुन्छ । बादल सदा आकाशमा रहन्छ । बिरुवा जमिनमा रोपेपछि जहिले पनि माथितिर बढ्दै जान्छ । सूर्यचन्द्र उदाउने समय एउटै छ । पशुपन्छी पनि प्रकृतिले जे गर्न लगाएको छ, त्यही गर्छन् । मानिस मात्र यस्तो प्राणी हो, जो प्रकृतिले दिएको सीमाबाट माथि उठेर असीमित  सक्छ । त्यसको निमित्त हामीले सजगताका साथमा विभिन्न भावहरूको विकास गर्नुपर्छ । जसमध्ये स्वीकार भाव एक हो ।सही मार्ग निर्देशन निरन्तर साधनामार्फत हामी यो गुणको व