लुम्बिनी प्रदेश : २६ जना मन्त्री बने, ७ जनाको सांसद पद गुम्यो

प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा लुम्बिनी प्रदेशले हालसम्म दुई मुख्यमन्त्री र २६ जना मन्त्री पाएको छ । कुल ८७ जना सांसदमध्ये २६ जना मन्त्री बन्न सफल भएका हुन् । २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेलले शपथ लिएपछि दुई जना मन्त्री रहेको मन्त्रिपरिषद् बनाइएको थियो । त्यसपछि पोखरेल नेतृत्वकै मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीको संख्या बढ्यो भने सत्ता समीकरण परिवर्तनसमेत हुँदा हालसम्म २६ जना मन्त्री बनेका हुन् ।पोखरेलले साढे तीन वर्ष सरकारको नेतृत्व गरे भने हालका मुख्यमन्त्री कुलप्