काठमाडौं : सरकार र प्राडा गोविन्द केसी पक्षबीच भएको आजको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार दिउँसो भएको वार्ता बिना निष्कर्ष सकिएको डा केसीका तर्फबाट वार्तामा सहभागी रहेका प्रितम सुवेदीले बताए। 'आज पनि वार्ता निष्कर्षमा पुग्न सकेन‚ अब भोली बिहान पुनः वार्तामा बस्ने कुरा छ‚' उनले भने।डा केसीले उठाएका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मागबारे आज छलफल भए पनि वार्ता निष्कर्षविहीन बनेको उनले बताए। स्वास्थ्य सेवामा सुधार सहितका ७ बुँदे म