मध्य भोटेकोशीको आईपीओमा २१ लाख ५० हजारभन्दा बढीले दिए आवेदन

असोज २४, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा आइतवारसम्ममा साढे २१ लाखभन्दा बढीले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका आइतवार साँझसम्ममा उक्त कम्पनीको आईपीओमा २१ लाख ५९ हजार २६ जना आवेदकले ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ७७ हजार १७० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको आईपीओमा ४ दशमलव शून्य ३ गुणा बढी आवेदन हो । कम्पनीले असोज २० गते देखि ९० लाख कित्ता आईपीओमध्य ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेकोे हो । कुल कित्तामध्ये ४ प्रतिशत दरको ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले अवोदन दिन सक्नेछन् । यो शेयर विक्रीको लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ३ गतेसम्मको मिति तोकिएको छ । शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ भने आयोजना प्रभावित स्थानिय सहित सिन्धुपाल्चोक जिल्लाका वासिन्दाहरु समेतमा ६० लाख कित्ता शेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गतेनै धितोपत्र बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानियमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ५० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ३९ रहेको छ । प्रतिशेयर आम्दानी भने रू. १ दशमलव २२ ऋणाम्त्मक छ ।

सम्बन्धित सामग्री

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सर्वसाधारणले खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणका लागि असोज १८ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि असोज २२ गतेसम्म आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आफ्नो जारी पूँजी १ अर्ब रूपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ९ लाख ९० हजार ८०० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा यस अघि बाँडफाँट गरिसकिएको छ । स्थानीयका लागि छुट्याएको १० लाख कित्ता आईपीओमध्ये विक्री हुन नसकेको ९ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा थप गरि विक्री गर्न लागिएको छ । यी वाहेक सामूहिक लगानीकोषका लागि ७५ हजार कित्ता र कम्पनीका कर्मचारीहरूमा ५ लाख कित्ता आईपीओ बाँडफाँट गरी १२ लाख ८४ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

माथिल्लो मैलुङ खोलाको आईपीओ भोलिदेखि विक्री हुने, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं ।  माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले भोलि (बिहीवार) देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी रू. १ अर्बको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यमा कम्पनीले रू. १० करोड बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री गर्ने भएको छ ।   स्थानीयमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ का बासिन्दारूका लागि र सो क्षेत्रबाहेक रसुवाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ । त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू. १ करोड ५० लाख बराबरको १ लाख ५० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म दुवै समूहका खरीदकर्ताहरूले माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा यो आईपीओ छिटोमा साउन १८ गतेसम्म विक्रीको मिति तय गरिएको छ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन १८ गतेभित्र आवेदन पेस गरिसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइनबाट समेत वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने व्यवस्था छ ।  कम्पनीले यस आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत रू. २ अर्ब ५० करोड छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ४८ लाख २५ हजार १७४ छ । यस आयोजनाबाट आगामी साउन १५ गतेदेखि व्यापारिक उत्पादन शुरू गर्ने कम्पनीको लक्ष्य छ ।

सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर विक्रीमा ल्याएको हो । उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।  उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, हात्तीसार, काठमाडौं, कम्पनीको सचिवको कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेस गर्नु पर्नेछ ।  तोकिएको समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई विक्री खुला गरिने बैंकले जनाएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि ५० हजार कित्ता र १ लाख कित्ता शेयर विक्रीका लागि सूचना जारी गरेको थियो । उल्लेखित शेयर एकमुष्ठ रुपमा विक्री गर्नका लागि कम्पनीले सोमवार पुनः सूचना जारी गरेको छ । प्रतिकित्ता रू. ४५० तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी सात दिनभित्र आवेदन दिन कम्पनीले भनेको छ । तोकिएको अवधिभित्र प्रतिकित्ता मूल्यसमेत अंकित गरी कम्पनीको केन्द्रीय कार्यालय तीनधारा, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने पनि उसले भनेको छ ।

६ जनालाई ‘भ्रष्टाचार नियन्त्रण अनुसन्धान’ वृत्ति दिइने

काठमाडौं : स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत २/२ जना गरी ६ जना शोधार्थीले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा अनुसन्धान वृत्ति पाउने भएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सार्वजनिक सूचना जारी गरी उक्त सूचना जारी गरेको मितिले ४५ दिनभित्र आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिन माग गरेको छ। विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय तथा आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले अनलाइन आवेदन दिन सक्नेछन्।अनुसन्धान वृत्ति क्रमश: एक लाख, १ ल

जनगणनाका लागि गणकको सर्टलिस्ट सार्वजनिक, १४ असोजबाट खोप लगाइने

१२ असोज, काठमाडौं । राष्ट्रिय जनगणनामा खटिने गणकको सर्टलिस्टको नतिजा प्रकाशन भएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार कुल आवश्यक पर्ने गणकको तुलनामा ३० प्रतिशत बढीको नाम समेटेर सर्टलिस्ट सार्वजनिक गरिएको हो । जनगणनाका लागि देशभर ३९ हजार गणक खटिने छन् । गणकका लागि देशभरबाट १ लाख ५० हजार जनाले आवेदन दिएका थिए । विभागका […]

एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ को विजेता बन्यो ‘डक्टर्स अन कल नेपाल’

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा भएको छ । स्टार्टअप कम्पनी ‘डक्टर्स अन कल नेपाल’ प्रथम भएको छ ।‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएको छ । अवार्ड कार्यक्रममा पहिलो हुने स्टार्टअप कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने  अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उक्त अवार्डमा सहभागी हुन देशभरबाट १ सय बढी स्टार्टअप कम्पनीहरुले आवेदन दिएका थिए । तीमध्येबाट शिर्ष ७ कम्पनी अन्तिम चरणमा पुगेका थिए । एमसीक्युहल डट कम, कस्यपी, अन्शु टेक्नोलोजी, अर्बन नेपाल, एजुकेस, डक्टर्स अन कल नेपाल र भक्सक्रो अन्तिम ७ मा परेका थिए । स्टार्टअपलाई बजारसँग जोड्न अवार्ड कार्यक्रमलाई आगमी दिनमा पनि निरन्तरता दिईने काठमाडौं च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले बताए ।

अमेरिकामा डेढ लाख डलरसम्मको पीपीपी ऋण मिनाहाका लागि एसबीएको पोर्टल

अमेरिकामा १ लाख ५० हजार डलर वा सो भन्दा कमको पेचेक प्रोटेक्सन ऋण मिनाहाका लागि साना व्यवसाय प्रशासन एसबीएले सिधै आवेदन दिनसकिने गरी पोर्टलको व्यवस्था गरेको छ । उक्त पोर्टलमार्फत १ लाख ५० हजार डलर वा सोभन्दा कम पीपीपी ऋण लिएकाहरुले मिनाहाका लागि ऋणदातालाई सम्पर्क नगरी सिधै आवेदन दिनसक्ने एसबीएले घोषणा गरेको छ । यसरी […]

नेरुडे लघुवित्तको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

असार ३०, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।  कम्पनीले प्रतिकित्ता रू. ४०० मूल्य तोकेर आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी यो शेयर लिलामीमा ल्याएको हो ।  तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा खुल्ला बजार मार्फत विक्री प्रक्रिया अघि बढाउने पनि कम्पनीले बताएको छ । शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीहरुले रितपूर्वक सञ्चालक समिति समक्ष निवेदन दिनुपर्नेछ ।