यस्तो छ निर्वाचन आयोगबाट माधव नेपाल र महन्थ ठाकुरले पाएको प्रमाणपत्र

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई आधिकारिकता दिएको छ । आयोगले बुधबार साँझ दुबै पार्टीलाई आधिकारिकता दिने निर्णय गरेसँगै तत्कालै दल दर्ताको प्रमाणपत्र समेत उपलब्ध गराएको छ । दुबै दल राजनैतिक दल सम्बन्धी एन, २०७३ (दोस्रो संशोधन, अध्यादेश २०७८) को दफा ३३ बमोजिम आयोगमा दर्ता भएका हुन् । दुबै पार्टीले आजै आयोगमा सांसद र केन्द्रीय सदस्यको सनाखत गराएका थिए । दुई पार्टीले पाएको प्रमाणपत्र हेर्नुहोस्ः  

सम्बन्धित सामग्री

सनाखतको लागि नेताहरु आयोगमा, आजै दल दर्ताको तयारी

काठमाण्डाै – माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् । अस्तिदेखि चन्द्रागिरि रिसोर्टमा बसेका नेताहरु सिधै निर्वाचन आयोग पुगेका हुन् । सनाखतको लागि अहिले साढे ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय छुट्याइएको छ । यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु पनि आयोग पुग्दैछन् । सनाखतपछि दल दर्ता प्रक्रिया आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी गरेको छ । प्रमाण पुगेमा आजै दल दर्ताको प्रमाण पत्र दिने आयोगले जनाएको छ । ...

माधव नेपाल र महन्थ ठाकुर सनाखतका लागि आज निर्वाचन आयोग जाँदै

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत  समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक  समाजवादी  पार्टी नेपाललाई सनाखतका लागि बुधबार (आज) बोलाएको छ । काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा  भौतिक  रूपमा उपस्थिति जनाउनुपर्ने बताए । संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी  अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारि

नेपालको दल नेकपा समाजवादी, महन्थको जसपा लोकतान्त्रिक

नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह सरकारले मंगलबार ल्याएको दल विभाजन सम्वन्धि अध्यादेशको पर्खाइमा छन् । राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएलगत्तै उनीहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा जुटेका हुन् ।

नेपालको दल नेकपा समाजवादी, महन्थको जसपा लोकतान्त्रिक

नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह सरकारले मंगलबार ल्याएको दल विभाजन सम्वन्धि अध्यादेशको पर्खाइमा छन् । राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएलगत्तै उनीहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा जुटेका हुन् ।