मुग्लिन – पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलानजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए। पहिरोका कारण काठमाडौँ जाने […]
दमाैली – तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा आज साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडकभन्दा एक सय मिटर माथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। साँझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। राजमार्ग खुलाउनका […]
तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान ६ः३० बजेतिर सडक माथिबाट लेदोसहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
पृथ्वीराजमार्ग अन्र्तगत घाँसीकुवामा लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला...
काठमाण्डाै - धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
काठमाण्डौबाट गोरखाका लागि छुटेको रा १ ख ४५६५ नम्बरको बसले बिहान पाैने १० बजे ठक्कर दिँदा धादिङको गजुरी गाउँपालिका-१ बैरेनीका दिलबहादुर नेपालीका ६ वर्षका छोरा विजयको ज्यान गएको प्रहरीले जनाएको छ ।
आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने विजयलाई बाटो काट्ने क्रममा जेब्राक्रसमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि आक्रोशित स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन्। अहिले काठमाण्डौदेखि यो राजमार्ग हुँ...
वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।
चितवन । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।
The post घोप्टेभिरमा पहिरो : पृथ्वीराजमार्ग अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.
तनहुँ, असार २६ । पृथ्वीराजमार्गमा पर्ने दमौली खैरेनीटार सडक खण्ड शनिबार बिहान ४ बजे देखि अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका–१ बडचौरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए । सडक डिभिजन कार्यालय तनहुँको डोजरले पहिरो हटाउने काम भईरहेको छ । ठुलो ढुङ्गा समेत खसेकाले हटाउन अप्ठ्यारो […]
काठमाडाैं। भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। बुधबारमात्रै सो सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको थियो। उता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। यस्तै तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।
तनहुँको आँबुखैरेनीस्थित ऐन पहरा नजिकै पहिरो जाँदा चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान साढे ६ बजेदेखि लगातार पहिरो खसिरहेको छ।