प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरमा कानुन व्यवसायीको धर्ना

 प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धनुषाका कानुन व्यवसायीले धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना दिएका छन् । नेपाल बार  एशोसिएशन जनकपुरले पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार बिहान ११ः३० देखि एक घन्टासम्म धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना कार्यक्रम आयोजना गरेको हो ।नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष किशोरी साहले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने बताए । बार एशोसिएशन केन्द्रीय समितिको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आफूहरुले धर्ना

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरमा पनि धर्ना

जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज जनकपुरका वकिलहरू पनि धर्नामा बसेका छन् । नेपाल बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरू उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् । हातमा कालोपट्टी बाँधेर उनीहरू धर्नामा बसे । न्यायिक र प्रशासनिक शुद्धीकरणका लागि अदालतअगाडि एक घण्टा धर्ना दिइएको अधिवक्ता...