आज खेल हुन नसके भोलि २७.३ ओभरबाटै सुरु हुने

आजको खेल अवरुद्ध भएमा र सुपर ओभर पनि खेल्ने अवस्था नरहेमा रिजर्भ डे (भोलि मंगलबार)सम्मको लागि खेल स्थगित हुने छ।

सम्बन्धित सामग्री

रेलिगेशनबाट बच्न जित्नै पर्ने दवाबमा फ्रेन्ड्स

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको दशौँ चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दिन दुई खेल हुनेछ । दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । खेलमा दुबै टोलीलाई रेलिगेशनको चिन्ता छ । फ्रेन्ड्सले दशौँ खेलमा समेत जित निकाल्न नसके रेलिगेशनको थप दबाब झेल्नुपर्छ । प्रशिक्षक मृगेन्द्र मिश्रको भनाई मान्ने हो भने बीबीसीविरूद्वकाे खेलमा पराजि

टि २० विश्वकप सेमिफाइनलको लागि रिजर्भ डे, सुपर ओभर पनि बराबर भए के हुन्छ ?

युएईमा जारी टि २० क्रिकेट विश्वकपको सुपर १२ चरणको खेल सकिएका छन् । यस संगै अब सेमिफाइनल पुग्ने ४ टोलीको टुंगो लागेको छ । ग्रुप १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् भने ग्रुप २ बाट पाकिस्तान र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । इंग्ल्यान्ड र अष्ट्रेलिया ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् । साउथ अफ्रीकाले पनि ५ मध्ये ४ मा जित निकालेर समान ८ अंक जोडेपनि रनरेटको आधारमा पछि परेर सेमिफाइनल पुग्न सकेन । यस समुहबाट साउथ अफ्रीकासंगै श्रीलंका, वेस्ट इन्डिज, र बंगलादेश बाहिरिएका छन् । उता ग्रुप २ बाट ५ मध्ये ५ मै जित निकाल्दै पाकिस्तान १० अंक सहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । यस समुहबाट भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्ड बाहिरिएका छन् । स्कटल्याण्डले १ खेल पनि जित्न सकेन भने, नामिबियाले २, र भारतले ३ खेल जित्यो । यस संगै अब सेमिफाइनलमा कार्तिक २४ गते बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्ने छन् भने कार्तिक २५ गते बिहिबार पाकिस्तान र अष्ट्रेलिया भिड्ने छन् । दुवै खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुने छ । दुवै सेमिफाइनल खेलको लागि लागि रिजर्भ डे छुट्याईएको छ । यदि कुनै कारणवश तोकिएको दिनमा खेलको नतिजा आउँन नसके खेल रिजर्भ डेमा खेलाईने छ । तर सोहि दिन ५ ओभरको भएपनि खेल खेलाऐर भए पनि नतिजा निकाल्ने कोशिश रहने छ । यदि सो पनि सम्भव नभएमा रिजर्भ डे मा खेल हुने छ । जहाँ खेल रोकिएको हो , रिजर्भ डे मा सोहि ओभरबाट खेल सुरु हुने छ । सेमिफाइनल खेलमा दुवै टोलीले समान रन बनाएमा खेल सुपर ओभरबाट निर्धारण हुने छ । सुपर ओभर भन्नेले दुवै टोलीले १ ओभर ब्याटिंग गर्ने छन् र त्यो १ ओभरमा जसले धेरै रन बनाउछ , उ नै विजयी हुन्छ । यदि सुपर ओभरमा पनि रन बराबरी भएमा नतिजा नआउँदासम्म आवश्यक परेसम्म सुपर ओभर हुने छ । तर यदि मौसम वा लाइटका कारण सुपर ओभर हुन नसकी खेलको नतिजा आउँन नसकेमा स्पर १२ को खेलको समुहमा जुन टिम माथि थियो त्यो टिम नै फाइनल पुग्ने छ । यसो भएमा इंग्ल्यान्ड र पाकिस्तानलाई फाइदा हुने छ ।