काठमाडौं : युक्रेन र रुसबीच आज शान्ति वार्ता हुँदैछ। दुई देशबीचको वार्ता टर्कीको इस्तानबुलमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुने जनाइएको छ। वार्ताका लागि युक्रेनी प्रतिनिधि मण्डलको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभ गरेका छन्। त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पाडोल्याक पनि सहभागी हुनेछन्। इस्तानबुल पुगेको युक्रेनी प्रतिनिधि मण्डलले आफूहरुको मुख्य प्राथमिकता युद्धविराम रहेको बताएको छ। दुई हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानको मध्यस्थतामा र