बैंकको ब्याजदर घटाउने विषयमा बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गर्नुभएको छ । आइतबार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गर्नुभएको हो । मन्त्री महतले बैंकका सिइओहरुसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पुर्‍याउनुपर्ने योदानको विषयमा जानकारी गराउनुभएको छ । […]