दिपक भन्छन्, 'रिलिज डेट तोकेका साथीहरूले आँट गर्नुपर्ने थियो'

काठमाडौंः निर्माता तथा कलाकार दीपकराज गिरीले अहिलेको परिस्थितिमा सिनेमा हलमा नेपाली फिल्म प्रदर्शन गर्नुअघि विदेशी फिल्मको प्रदर्शन पर्खिएको प्रसंगबारे बोलेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शनका लागि तयार भइसकेका नेपाली फिल्म हलमा रिलिज नगरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन्। उनले लेखेका छन्, 'अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो। कमसेकम दशैँमा रिलिज गर्ने डेट तोकेर तयार बसेका साथीहरूले त आँट गर्नुपर्ने थियो नि। सहज हुँदा एक आपसमा