काठमाडौं, पुस ६। कोरोना संक्रमणअघि आउ–जाउ निर्बाध रहेका भारतसँग सीमा जोडिएका तराईका सीमानाकामा अहिले चेकजाँचमा कडाइ गर्न थालिएको छ । विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि अहिले खोप कार्ड अनिवार्य गरिएको छ । भारतबाट नेपालतर्फ आउने प्रत्येक व्यक्तिलाई स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरिएको छ । रानी नाकास्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले […]