दुई घण्टामै ८७ अंकले घट्यो नेप्से, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बजार नै राताम्मे देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ । कारोबार खुला भएको २ घण्टा …

सम्बन्धित सामग्री

लगातार तीन कारोबार दिनमा ५ % घट्यो नेप्से, किन हाबी भइरहेका छन् विक्रेता ?

काठमाडौं  । लगातार तीन कारोबार दिनमा नेप्से परिसूचक ५ दशमलव १४ प्रतिशत घटेको छ । गत बुधवारयता घटेको नेप्से त्यसपछिका कारोबार दिन आइतवार र सोमवार पनि घटेको हो । सोमवार नेप्से परिसूचक १ दशमलव ०२ प्रतिशत अर्थात् २१ दशमलव ३२ अंक घटेर २ हजार ७५ दशमलव ९७ विन्दुमा झरेको हो ।  परिसूचकसँगै कारोबार रकम पनि केही घटेको छ । यसअघिका केही दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार भने त्यो रकम ४ अर्बमा झरेको छ । असार मसान्त नजिकिँदै गर्दा बजार प्रभावित भएको जानकारहरू बताउँछन् । बढेको बजारमा केहीले नाफा बुक गर्दा र केहीले बैंकको साँवा–ब्याज र अन्य करहरू तिर्नका लागि शेयर बेच्दा बजारमा सेलिङ प्रेसर परेको जानकारहरूको भनाइ छ ।  सोमवार कारोबारमा आएका २७६ धितोपत्रको ९४ लाख १८ हजार ९५२ कित्ता शेयर ६४ हजार ८६८ पटकमा रू. ४ अर्ब ५ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र बिपि डब्लु लघुवित्तको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । सिवाईसी नेपाल लघुवित्तको शेयर मूल्य रू. १ हजार २८९ र बिपि डब्लु लघुवित्तको शेयर मूल्य रू. १ हजार ५५४ दशमलव ८० पुगेको छ ।  सोमवार सबैभन्दा बढी लक्ष्मी इक्वीटी फण्डका इकाईधनीहरूले गुमाएका छन् । यो फण्डको इकाई मूल्य ८ दशमलव ९५ प्रतिशत घटेको छ । यससँगै कम्पनीको इकाई मूल्य रू. ८ दशमलव ६५ मा झरेको छ । यो सूचीमा दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ७ दशमलव १३ प्रतिशत घटेर रू. ९२५ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन लाइफ इन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको रू. २३ करोड ९४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य रू. ५३२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटल छ । कम्पनीको रू. २० करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ६६ प्रतिशत र होटल एण्ड टुरिजम समूहको परिसूचक २ दशमलव ०७ प्रतिशत बढेको छ भने बाँकी सबै परिसूचक घटेको छ । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी जीवन बीमा समूह छ । उक्त समूहको परिसूचक १ दशमलव ८३ प्रतिशत घटेको छ । सोमवार सेन्सेटिभ इन्डेक्स १ दशमलव ०७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०१ प्रतिशत घटेको हो ।

बजेटपछि लगानीकर्ता निराश, २.७४ प्रतिशत घट्यो नेप्से

काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव ७४ प्रतिशत अर्थात् ५३ दशमलव १६ अंक घटेर १ हजार ८८८ दशमलव ६१ विन्दुमा झरेको छ । सोमवार सार्वजनिक भएको बजेटले पूँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश हुँदा नेप्से उच्च अंकले घटेको देखिन्छ । धेरै वर्षदेखि धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई भित्र्याउने कुरा उठ्दै आएको थियो । त्यसलाई नै चालू आर्थिक वर्षको बजेटमा निरन्तरता दिइएको छ । चालू आवको बजेटमार्फत लगानीकर्ताले शेयर धितो कर्जामा कायम रहेको १२ करोड रूपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्‍याएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने जस्ता माग गरेका थिए । यी विषयमा कुनै सम्बोधन भएन ।  यस कारण मंगलवार उच्च अंक घटेको देखिन्छ ।  यसो त पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसकारण पनि बिस्तारै ब्याजदर घट्ने देखिन्छ । यसले शेयर बजार सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।  यस दिन २७५ धितोपत्रको ७० लाख ७४ हजार २५५ कित्ता ४० हजार ६३४ पटकमा रू. २ अर्ब ३४ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८१८ दशमलव ६० पुगेको हो । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ३७२ दशमलव ४० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शनका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव २६ प्रतिशत घटेर रू. २९३ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ९ दशमलव १० प्रतिशत घटेर रू. ७ दशमलव शून्य ९ कायम भएको छ ।  मंगलवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २१ करोड २४ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रू. १० करोड ११ लाख बराबर भएको हो ।  यस दिन कारोबारमा आएका समूहगत परिसूचक सबै घटेको छन् । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ५० प्रतिशत घटेको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ३६, फ्लोट इन्डेक्स २ दशलमव ७४ र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २९ प्रतिशत घटेका छन् ।

शेयर बजारमा सुक्खा : ५ दिनमा १४० अंक घट्यो नेप्से, कारोबार रकम २ अर्बभन्दा कम

चैत २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार पनि नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । यस दिन नेप्से परिसूचक २३ दशलमव ३२ अंक घटेर २४२८  बिन्दुमा झरेको हो । कारोबारमा आएका २२६ धितोपत्रको ४३ लाख ७९ हजार ४२ कित्ता शेयरको ३८ हजार २६२ पटकमा रू. १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ बराबरको शेयर खरीदविक्री भएको हो । वित्तीय प्रणालीमा तरलता अभाव ब्याजदर वृद्धिले गर्दा केही समय देखि शेयर बजार नराम्रो सँग प्रभावित भएको छ । मंगलवार पनि नेप्से परिसूचक ४६ अंक घटेको थियो । बुधवार शुरुको १५ मिनेट अवधिमा बजार २ हजार ४१८ मा सम्म आएको थियो सो अवधिमा भने खरीदकर्ता आर्कषित भएको थिए भने अन्तिमममा विक्रेतानै हावी भएको देखियो । चैत मसान्तमा बैंकको साँवा र ब्याज तिर्नुपर्ने र यहि बेलामा  राज्यलाई कर तिनु पर्ने भएकाले पनि  शेयर बजार घटेको हो । बजार धेरै तल आइसकेको छ । कम्पनीहरुको शेयर मूल्य धेरैनै सस्तिएको छ । सोही कारण पनि बजारमा खरीदकर्ता आउने अनुमान लगाउन सकिन्छ ।  बुधवार कारोबारमा आएका २२६ धितोपत्र मध्ये नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५४५ दशलमव ५० पुगेको हो । त्यसैगरी दोस्रोमा सोल्टी होटलको शेयर मूल्य ३ दशलमव ९९ प्रतिशत वृद्धि भएर रू. २३७ पुगेको हो । त्यसैगरी बुधवार इमर्जिङ्ग नेपालको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १९० दशलमव ७० म ाझरेको छ । सर्वाधिक शेयर खरीद विक्री हिमालयन डिष्टीलरीको रू. ९ करोड ४१ लाख बराबरको भएको छ ।

२३ अंकले घट्यो नेप्से

साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३  दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दशमलव ३० अंकमा पुगेर बन्द भएको छ ।नेप्सेमा ३८ लाख ८७  हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६  रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर बजार ४० अंकले बढेर बन्द भएको थियो भने दुई अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  नेप्सेमा बिहीबार तीन कम्पनीको सेयर १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट मूल्यमा कारोबार हुने कम्पनीमा

१३ अंकले घट्यो नेप्से, ३ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

सोमबार सेयर बजारको परिसूचक नेप्से १३.४८ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २८७२ अंकमा कायम भएको छ । कुल ५ अर्ब १५ करोडको कारोबार भएको छ । यसअघि हिजो ६ अर्ब ३२ करोडको काराेबार भएको थियो ।

१०.८३ अंकले घट्यो नेप्से, ७ अर्बभन्दा बढीको शेयर खरीदविक्री

माघ ९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १० दशमलव ८३ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ९२० दशमलव ५१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २३२ ओटा धितोपत्र १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर ८७ हजार ४७८ पटकमा रू. ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ दशमलव ९७ मा खरीदविक्री भएको छ । आइतवार कारोबारमा आएका ती  धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ९१४ दशमलव १० र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य रू.३४८ दशमलव १० पुगेको छ ।  त्यसैगरी यो दिन सबैभन्दा बढी सामलिङ पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ६ दशमलव ६९ प्रतिशतले घटेसँगै लगानीकर्ताले सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६८३ कायम भएको छ । यस्तै दोस्रोमा गोर्खाज फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ५ दशमलव ५२ प्रतिशतले घटेर रू. ८२२ कायम भएको हो ।  आइतवार सर्वाधिक शेयर खरीदविक्री नेपाल दुरसञ्चार कम्पनीको भएको छ । उक्त कम्पनीको रू.३२ करोड १४ लाख ५३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५१३ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुनेमा दोस्रोमा अपि पावर कम्पनी रहेको छ । उक्त कम्पनीको रू. १९ करोड १ लाख ७८ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटा समूहमध्ये निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव २३ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव २२ प्रतिशत,अन्य समूहको १ दशलमव ६८ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव ३८ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव ५६ प्रतिशतले वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो ।  समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी वित्त समूह रहेको छ । उक्त समूहको परिसूचक यो दिन २ दशमलव ७७ प्रतिशतले घटेको छ ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशलमव ८७ प्रतिशत, व्यापार समूहको परिसूचक १ दशमलव ४७ प्रतिशत,होटल एण्ड टुरिजम समूहको १ दशमलव ५८ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ३९ प्रतिशतले घटेको छ । यस्तै हाइड्रोपावर समूहको १ दशमलव २२ प्रतिशत,लघुवित्त समूहको शून्य दशलमव २ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव १४ प्रतिशतले घटेको छ ।  यो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ । नाफा बुक गर्ने क्रमले निरन्तरता पाएकाले नेप्से परिसूचकहरु दबाबमा परेका हुन् ।

बुधवार १.५५ % घट्यो नेप्से : खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट

भदौ ९, काठमाडौं । बुधवार नेप्से परिसूचक १ दशमलव ५५ प्रतिशत घटेर बन्द भएको छ ।  मंगलवार १ दशमलव ७६ प्रतिशत घटेर ३ हजार १२४ दशमलव ८७ विन्दुमा बन्द भएको बजार बुधवार पनि ४८ दशमलव ४२ अंक घटेर ३ हजार ७६ दशमलव ४४ विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६७ प्रतिशत अर्थात् ९ दशमलव ६७ अंक घटेर ५६७ दशमलव ९९ विन्दुमा झरेको छ । मंगलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि सार्वजनिक गरेको एकीकृत निर्देशनमा मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा एक वर्ष भित्र रू. १२ करोडमा झार्न भनेसँगै बुधवार पनि बजार प्रभावित बनेको हो ।  राष्ट्र बैंकले भदौ ८ गते सार्वजनिक गरेको मौद्रिक नीतिले गरेको रू. १२ करोड सम्मको मार्जिन कर्जाको सीमा परिमार्जन हुने विश्वास लगानीकर्ताहरुले गरेका थिए । नेपाल सरकार अर्थमन्त्रालयमार्फत लगानीकर्ता संघका पदाधिकारीहरुले मार्जिन कर्जा रकमको सीमाको विषय परिमार्जन गर्नुपर्ने माग गरेका थिए ।  मार्जिन कर्जा रकमको सीमाले बजार प्रभावित हुने देखिएमा उक्त व्यवस्था परिमार्जन गर्न सुझाव दिन प्रतिक्रिया अर्थमन्त्रालयबाट पनि प्राप्त गरेका लगानीकर्ताहरु सो व्यवस्था परिमार्जन नभएपछि निराश बनेको बताएका छन् ।  बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । मंगलवार रू. १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार बराबरको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार भएकोमा बुधवार रू. १२ अर्ब ९ करोड २१ लाख ३ हजार बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर कारोबार भएको हो ।  यस दिन अरुण काबेली पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू. ४८ करोड ७१ लाख ५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ११ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू. ७८८ दशमलव ९० पुगेको छ । प्रतिकित्ता रू. ७७७ मा खुला भएको अरुण काबेली पावरको शेयरमूल्य यो दिन न्यूनतम रू. ७४५ देखि अधिकतम रू. ८२१ सम्म पुगेको थियो । बुधवार कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् । यस दिन जीवन विकास लघुवित्त र आईसीएफसी फाइनान्सको शेयरमूल्य उच्च दरमा बढेको छ । जीवन विकास लघुवित्तको १० प्रतिशत र आईसीएफसी फाइनान्सको ९ दशमलव ९९ प्रतिशत मूल्य वृद्धि भएको हो ।  यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९ दशमलव ६० ले घटेर अन्तिम मूल्य रू. ३५७ दशमलव ३० कायम भएको हो ।

२.१३ % ले घट्यो नेप्से परिसूचक, करीब १२ अर्बको शेयर कारोबार

असार ६, काठमाडौं । गत साताको तेस्रो कारोबार दिनदेखि घट्न थालेको बजारले यो साताको पहिलो कारोबार दिन आइतवार पनि निरन्तरता पाएको छ ।  आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा २ दशमलव १३ प्रतिशतले घटेको छ । यो दिन ६३ दशमलव २८ अंकले घटेर नेप्से परिसूचक २ हजार ९०५ दशमलव १४ विन्दुमा झरेको हो । बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आइतवार २ हजार ९७५ दशमलव २५ विन्दुदेखि खुला भएको थियो । २ हजार ९७८ दशमलव २४ विन्दुसम्म पुगेको बजार २ हजार ८८१ दशमलव ५४ विन्दुसम्म झरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत मंगलवार सार्वजनिक गरेको ५१ कम्पनीहरुको जोखिमयुक्त धारणा उल्लेख विज्ञप्तीपछि प्रभावित बनेको बजारले आइतवार पनि निरन्तरता पाएको हो । नियामकबाट लगानीकर्ताहरुलाई तर्साउने काम भएको भन्दै ती कम्पनीहरुप्रतिको धारणा सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट पनि परेको छ । उक्त रिट माथिको सुनुवाई भने यो समाचार तयार पार्दासम्म भएको छैन ।  नियामक निकायले सुरक्षित लगानीका लागि सार्वजनिक गरेको अवधारणापत्रको शैली गलत भएको भन्ने कुरालाई नसच्याउँदा निरन्तर गुमाउनु परेको लगानीकर्ताहरुले बताएका छन् । यतिवेला नियामक निकाय नियामक नभएर भ्रामक भएको आरोप लगानीकर्ताहरुले लगाइरहेका छन् । बोर्डको अवधारणापत्र सार्वजनिक हुनुभन्दा अघिल्लो दिनसम्म ऐतिहासिक विन्दुमा पुगेको नेप्से परिसूचकमा कमि आउनुपर्ने अन्य कारण नभएकाले बजार सुधारको लागि नियामकलेनै कदम चाल्नुपर्ने माग लगानीकर्ताहरुको छ ।   आइतवार नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३३ प्रतिशत घटेर ५२८ दशमलव ५१ विन्दुमा झरेको छ ।  बिहीवारको तुलनामा आइतवार कारोबार रकम भने बढेको छ । घटेको बजारबाट कम मूल्यमा शेयर उठाउने लगानीकर्ताहरु भने यी चार कारोबार दिन सक्रिय देखिएका छन् । बिहीवार रू. १० अर्ब ९० करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आइतवार यो रकम बढेर रू. ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन २३१ ओटा कम्पनीको १ लाख २८ हजार २८१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा भने यस दिन पनि नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । गत मंगलवारदेखिनै सर्वाधिक कारोबार रकमको हिस्सा उक्त कम्पनीले नै ओगटेको छ । उक्त कम्पनीको आइतवार रू. ८० करोड ९९ लाख ९९ हजार बराबरको ४ लाख २५ हजार ३८१ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य भने यो दिन २ दशमलव शून्य ४ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३९ ले घटेर अन्तिम मूल्य रू. १ हजार ८७७ कायम भएको छ । यस दिन कारोबारमा आएका २३१ कम्पनीहरुमध्य पाँच कम्पनीको शेयरमूल्य र ९ कम्पनीको ऋणपत्रको मूल्य बढेको छ । गोर्खाज फाइनान्सको सर्वाधिक ५ दशमलव ४१ प्रतिशत, नेशनल हाइड्रोपावरको ३ दशमलव ३६ प्रतिशत, रुरु जलविद्युत् परियोजनाको ३ दशमलव १६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको २ प्रतिशत र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य शून्य दशमलव १५ प्रतिशतले बढेको हो । त्यस्तै यो दिन १० दशमलव २५ प्रतिशत ब्याजदरको एनआईसी एशिया डिबेञ्चर २०८३/ ८४ को २ प्रतिशत, १० दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत ब्याजदरको माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव ५० प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८२ को १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । १० दशमलव ३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ को १ दशमलव ६३ प्रतिशत, १० दशमलव २५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८०÷८१ को १ दशमलव ३३ प्रतिशत, १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेञ्चर २०८६ को शून्य दशमलव २९ प्रतिशत, ८ दशमलव ५ प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८४ को शून्य दशमलव १५ प्रतिशत मूल्य वृद्धि भएको हो ।  आइतवार २१२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ भने १९ ओटा कम्पनीको स्थिर रहेको छ । यस दिन युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८१ प्रतिशतले घटेको छ । प्रतिकित्ता रू. ४२ ले घटेर युनियन हाइड्रोपावरको शेयरमूल्य रू. ३८६ मा झरेको हो ।  त्यस्तै यो दिन श्री इन्भेष्टमेण्ट फाइनान्स, बरुण हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । बैंकिङ्गको १ दशमलव ८ प्रतिशत, व्यापारिकको २ दशमलव ५१ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३५ प्रतिशत, विकास बैंकको ३ दशमलव ५ प्रतिशत, जलविदुतको ३ दशमलव ३८ प्रतिशत, वित्तको ३ दशमलव ३३ प्रतिशतले परिसूचक घटेको छ । त्यसैगरी निर्जीवन बीमाको १ दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ४ प्रतिशत, अन्यको २ दशमलव २ प्रतिशत, लघुवित्तको २ दशमलव १८ प्रतिशत, जीवन बीमाको १ दशमलव ७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २६ प्रतिशत र लगानी समूहको २ दशमलव शून्य ७ प्रतिशतले परिसूचक घटेको छ ।