माओवादीले मधेश प्रदेश सभा बैठक बहिष्कार गर्ने - NepaliPatra

जनकपुरधाम । प्रदेश सरकारले छलफल नै नगरी आफु अनुकुल नीति तथा कार्यक्रम ल्याएकोले भन्दै नेकपा माओवादीले मधेश प्रदेश सभा बैठक बहिष्कार गर्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको छ । आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा आफु अनुकुल ल्याएको भन्दै माओवादीले बहिस्कार गर्न लागेको हो ।