सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै आफ्ना सङ्गठित सदस्यलाई मतदातासँग प्रत्यक्ष भेटघाट गरी मत माग्न निर्देशन दिएको छ। निर्वाचन नजिकिँदै गर्दा पार्टीले देशभर रहेका करिब छ लाख ६२ हजार सङ्गठित सदस्यलाई घरदैलो तथा प्रत्यक्ष संवादमार्फत मतदातासँग जोडिन आह्वान गरेको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए। उनका अनुसार भर्चुअल प्रचारभन्दा […]