पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सधैंको चुनावी मुद्दा

पोखरा अन्तर्राष्ट्रिय विमास्थल बन्नुअघि विमानस्थल बनाउन पहल गर्ने भनेर दलहरुले मतदातासँग मत मागेका थिए भने अहिले संचालनमा आएपछि नियमित अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल गर्ने भनेर मतदाता रिझाउने प्रयास गरिरहेका छन। अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको मुद्दालाई अहिले चुनावी नारामा प्रयोग गर्ने गरिएको छ।