उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन एक साताभन्दा बढी समय लाग्न सक्ने आयोजनाले जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा कोरला सडक आयोजना प्रमुख तेजस्वी शर्माले असोज ८ देखि ११ गतेसम्मको भारी वर्षा र हिमपातबाट […]