काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणका क्रममा लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र नेपाल–भारत सीमामा निर्माणाधीन सुक्खा बन्दरगाहका विषयमा छलफल हुने भएको छ। भारतको उत्तराखण्ड राज्यका मन्त्री सतपाल महाराजले प्रधानमन्त्री शाहको आसन्न भ्रमणमा पञ्चेश्वर बाँध परियोजना, सीमा क्षेत्रका समस्या र सुक्खा बन्दरगाहलगायत द्विपक्षीय सरोकारका विषय उठाइने बताएका हुन्। […]