काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको दाबी गरेका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधनको प्रयोग प्रवर्द्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोग प्रोत्साहन गरिएको उल्लेख गरे। “अहिले मुख्य रुपमा […]