२५ मंसिरमा कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसँग सम्बन्धित छुट्टै ऐन निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गर्यो। स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बडो उत्साहका साथ भने, ‘प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन छुट्टै ऐन अपरिहार्य देखिएको छ, हामी चाँडै यसलाई प्रदेशसभामा लैजान्छौँ।’ तर, मन्त्री राईको त्यो उत्साह र सरकारको निर्णय तत्काल कार्यान्वयन हुने छाँटकाँट छैन। कारण […]