कांग्रेस एक-ढिक्का भएर निर्वाचनमा जान्छः सभापति थापा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताउनुभएको छ । जनकपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निवर्तमान सभापति देउवासहितका नेताहरुसँग निरन्तर संवादमा रहेको बताउनुभएको हो । सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन दिनुभयो । […]