काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन उभिँदा वार्ताले मूर्त रूप लिन सकेको छैन । संस्थापन इतर पक्षका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू तत्काल नेतृत्व फेरेर निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर संस्थापन पक्ष शेरबहादुर देउवानिकट नेताहरू भने अहिले नै नेतृत्व परिवर्तन गरिहाल्ने मनसायमा नहुँदा कुरा अड्किएको छ । […]