मानवअधिकार आयोगका सदस्य ढुंगेलले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेलले राजीनामा दिएका छन् ।  मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्ति भएको तेस्रो दिन उनले पदबाट राजीनामा दिएका हुन् ।   ढुंगेलको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतलनिवासका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।