काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति कार्यालय अनुसार, शुक्रबार दिउँसो ३ बजे सम्बोधन गर्ने गरी संसद् सचिवालयलाई पत्र पठाइएको छ । राष्ट्रपतिले गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को अधिवेशनलाई सम्बोधन लागेका हुन् ।