काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा पाराग्वेले पहिलो जित निकालेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा टर्कीलाई १–० गोलले हराउँदै पाराग्वे विजयी भएको हो । पाराग्वेका माटियास गालार्जाले गोल गरेका थिए । उनले खेलको दोस्रो मिनेटमै गरेको गोल पाराग्वेको जितका लागि निर्णायक बनेको थियो । […]