कैलाली। गृहमन्त्री ओमप्रकाश अर्यालले कैलाली र कञ्चनपुरको सिमानामा पर्ने नेपाल-भारतको गौरीफन्टा नाकाको स्थलगत निरीक्षण गरेका छन्। मंगलबारबाट सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि सोमबार धनगढी पुगेका अर्यालले गौरीफन्टा नाका अवलोकनसहित कैलालीकै त्रिनगर भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको कञ्चनपुरको डोके बोर्डर आउट पोस्टको पनि निरीक्षण गरे। उनले त्यहाँको समग्र स्थितिको जानकारी लिए। अवलोकनका […]