केन्द्रीय बैंकको अनधिकृत रुपमा फेसबुक पेज सृजना, कानून बमोजिम कारबाही गर्ने  चेतावनी

असार १७, काठमाडौं । नेपाल राष्ट्र बैंकले अनधिकृतरुपमा आफ्नो फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकोमा गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।   केन्द्रीय बैंकले हालसम्म बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आव्हन फेसबुक पेज मार्फत नगरिएको पनि बताएको छ । केन्द्रीय बैंकले यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/ गराउनेलाई साइबर अपराधसम्बन्धी कानून बमोजिम कारवाही हुने पनि बताएको छ । बैंकले बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्न पनि सम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुलाई भनेको छ । साथै बैंकले यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न पनि सर्बसाधारणहरुलाई अपिल गरेको छ ।