ट्रयाक्टरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

कञ्चनपुर :  शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर नजिक से २ त २४७९ नम्बरको ट्रयाक्टरको ठक्करबाट आज विहान भारतीय नागरिकको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार कलुवपुरबाट झलारी बजार तर्फ आई रहेको ट्रयाक्टरले साइकलमा आउँदै गरेका अन्दाजी ४५ वर्षीय  भारतीय नागरिकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।मृतकको नाम ठेगाना खुल्न नसकेको प्रहरी निरीक्षक सिंहले बताए। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ