माओवादी राष्ट्रिय महाधिवेशनमा नेता पुन अनुपस्थित हुने

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् । जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सातायता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो ।स्वास्थ्यमा सुधार आएपनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको

सम्बन्धित सामग्री

एसइईको पहिलो दिन १०१ जना अनुपस्थित

कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसइई) को पहिलो दिन १ सय १ जना विद्यार्थी अनुपस्थित रहेका छन्।...

५ सांसद आफ्नै प्रस्तावमाथिको छलफलमा अनुपस्थित

१९ चैत, काठमाडौं । प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन दर्ता गर्ने ६ जना सांसद दफाबार छलफलमा अनुपस्थित भएका छन् । उनीहरु आफ्नै संशोधन प्रस्तावमाथि छलफल भइरहँदा अनुपस्थित भएका हुन् । नियमावली मस्यौदा समितिका सदस्य रमेश लेखकका अनुसार १८ जना सांसदले ६५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये १२ जना संशोधनकर्ता सांसदले मात्रै […]

उपमहानगरपालिकामा छड्के अनुगमन गर्दा ३२ जना कर्मचारी अनुपस्थित

नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु एकै पटक धेरै संख्यामा अनुपस्थित देखिएका छन्। अनुपस्थित रहने कर्मचारीमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृत स्तरका कर्मचारी धेरै छन्।...

प्रशिक्षक अल्मुताइरीसँग विवाद हुँदा रोहितसहितका खेलाडी प्रशिक्षणमा अनुपस्थित

मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीसँग विवाद हुँदा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केहि खेलाडी अनुपस्थित भएका छन् । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित छन् । दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको छ ।होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीले रातोपाटीलाई भने । मुख्य प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा आर्मीबाट थप तीन खेलाडी बोलाएको पनि खुलेको छ ।

एसइई : लमजुङमा २६ परीक्षार्थी अनुपस्थित

यहाँ माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज २६ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा १६ र छात्र १० गरी २६ परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए ।त्यस्तै आज ग्रेडवृद्धितर्फका पाँचमध्ये एक छात्र अनुपस्थित भएको उहाँको भनाइ छ । एसइईको पहिलो दिन शुक्रबार नियमिततर्फ १७ छात्रा र १० छात्र गरेर २७ विद्यार्थी अनुपस्थित भएका थिए । परीक्षामा जिल्लाभर १७ विद्यालयबाट परीक्षार्थी सामेल भएका छन् । जिल्लामा १८ परीक्षा केन्द्रमा यतिका सङ्ख्या

अर्थमन्त्री शर्मा संसद बैठकमा अनुपस्थित

८ फागुन, काठमाडौं । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची संघीय संसद सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् । उनको सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने, ‘मन्त्रीज्यू विरामी भएकाले निवासमै रेष्ट गरिरहनु भएको छ, उहाँ संसद बैठकमा जानु […]

जसपा कार्यव्यवस्थाको बैठकमा अनुपस्थित

काठमाडौँ । संसदको कार्यसूची तय गर्न आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । सभामुख अग्नि सापकोटाले आज बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र जसपाका नेता अनुपस्थित भएका हुन् । एमसीसीको विरोधमा जसपाभित्र दुई धार छ । संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । […]

यी हुन् मतदानमा अनुपस्थित एमाले सांसद

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिंदा नेकपा एमालेका १८ सांसद अनुपस्थित भए । उनीहरु मध्ये कतिपय मतदानको समयमा प्रतिनिधि सभा बैठक छाडेर निस्किएका हुन् । मतदान बहिष्कार गर्नेहरुमा अधिकांश एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु छन् । उनीहरुले पार्टीको दुवै पक्षको उच्च नेतृत्वलाई दबाब दिने भन्दै मतदानमा अनुपस्थित जनाएका हुन् । […]

गठबन्धनको बैठकमा नेपाल अनुपस्थित

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धनको बैठकमा अनुपस्थित भएका छन। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार भएको बैठकमा नेपाल अनुपस्थित भएका हुन्। बाँकी गठबन्धनका तर्फबाट काँग्रेससभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, जसपाका नेता उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका तर्फबाट चित्रबहादुर केसी सहभागि भएका थिए। यसअघि एमाले सरकाबाट हटेसँगै भएको गठबन्धनको बैठकमा नेपालले […]

एमाले संसदीयदलका बैठकमा चार सदस्य अनुपस्थित

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ । आज बिहानको सो दलका बैठकमा […]