एनएमबी बैंक–हाम्रो अस्पताल सम्झौता

काठमाडौं (अस) । एनएमबि बैंकले बिराटनगर महानगर–४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि आउने व्यक्ति तथा कर्मचारीलाई सहज बनाउन द्विपक्षीय समझदारी गरेको छ । समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा विशेष छुट तथा सहुलियत दिइनेछ । अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्डवाहक तथा कर्मचारीलाई अन्तरंग, फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षण र शल्यक्रियामा छुट उपलब्ध गराउनेछ । सम्झौतामा बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरे र अस्पतालका निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरे । ग्राहकलाई सहुलियत दिन विभिन्न समय यस्ता सुविधा उपलब्ध गराइँदै आएको बैंकले बताएको छ । बैंकले हाल २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।  

सम्बन्धित सामग्री

ऋणपत्र निष्कासन गर्दै एनएमबी बैंक, ब्याजदर कति?

काठमाडौं, चैत १२ । एनएमबी बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत-२०८९/२०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल कित्ता ऋणपत्रमध्ये […]

एनएमबी बैंक र टानबीच समझदारी, डिजिटल भुक्तानीमा सहजता

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरूलाई प्राथमिकता दिनेसम्बन्धी सम्झौता भएको छ ।

एनएमबी बैंक र टानबीच सम्झौता

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवालाई प्राथमिकता दिन समझदारी भएको छ ।सो समझदारीमा बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका अध्यक्ष खुबबहादुर सुवेदीबीच हस्ताक्षर भएको छ । समझदारी पत्रमार्फत टानका सदस्यहरुले एनएमबी बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । बैंकले डिजिटल सेवाहरु वी च्याट, पोस, क्यूआर […]

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसनबीच समझदारी

एनएमबी बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरूलाई प्राथमिकता दिनको लागि समझदारी भएको छ।...

एनएमबी बैंकद्वारा सरसफाई

एनएमबी बैंक शाखाको अगुवाईमा धार्मीक पर्यटकीय स्थल काँक्रेविहारमा सरसरफाई गरिएको छ।

एनएमबी बैंकले आमा समूहका लागि आयोजना गरेको ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

एनएमबी बैंक गैंडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकहरूको सहभागितामा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ ।

एनएमबी बैंक र रेमिट हाइड्रोबीच समझदारी

काठमाडौं (नेस) । एनएमबी बैंक र रेमिट हाइड्रो लि. बीच ७७ दशमलव ५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत् आयोजना रेमिट हाइड्रोद्वारा प्रवर्धित आयोजना हो । रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी तथा […]

एनएमबी बैंक–दराज सम्झौता

काठमाडौं (अस) । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले अनलाइन बजार दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबी बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामान किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी सामान खरिद गर्न सक्नेछन् भने उक्त खरिद रकमलाई बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ । हाल बैंकले देशभर १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौ., ४ साउन । डिजिटल भुक्तानीसम्बन्धी एनएमबी बैंक र समाज कल्याण परिषदबीच सम्झौता भएको छ । परिषदमा आवद्ध नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सबै सदस्यले परिषदलाई तिर्नुपर्ने सबै भुक्तानीहरू अनलाइनमार्फत् गर्न सकिने व्यवस्था मिलाएको हो । परिषदका कार्यालय प्रमुख रामराज भट्टराईले अनलाइन भुक्तानी कार्य गरेकोमा बैंकलाई धन्यवाद दिए । साथै एनएमबि बैंकका […]