काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । आज (सोमबार) आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसिसी रोकेर नराख्ने बताएका हुन्। ‘अब एमसिसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसद्मा एमसिसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसद्मै हुन्छ,’ पौडेलले भने। […]